नेपालले चिनियाँ पर्यटकलाई भिजा शुल्क मिनाह गर्ने, लगानी बढाउन सातै प्रदेशको आह्वान

नेटिजन नेपाल
काठमाडौँ, २१ भदौ । नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ नागरिकका लागि नेपालले भिजा शुल्क मिनाह गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चिनियाँ नागरिकलाई ढुक्क भई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो । काठमाडौँस्थित चिनियाँ राजदूतावासले शनिवार काठमाण्डौमा आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा उहाँले सङ्घीयताको सफल कार्यान्वयनका कारण सबै तहका निर्वाचन सम्पन्न भइसकेकाले बैदेशिक लगानीलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हँुदै गएकाले चिनियाँ उद्योगपति तथा व्यापारीलाई लगानी गर्न आह्वान गर्नुभयो । उहाँले सामाजिक पूर्वाधार तथा समृद्धिका विभिन्न क्षेत्रमा नेपाललाई चीनले पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै सन् २०२० मा नेपालमा हुन गइरहेको भ्रमण वर्षमा चिनियाँ पर्यटकको उल्लेखनीय आगमन हुनेमा नेपाल सरकार विश्वस्त रहेको बताउनुभयो ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चीन र नेपाल सरकारका बीचमा आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनस्तरमा न्यानो सम्बन्ध स्थापित भएको बताउनुभयो । उहाँले नेपाल, चीन सरकार र चिनियाँ जनतासँग नजिक रहेर काम गर्न इच्छुक रहेको बताउनुभयो । नेपालको गरीबी अन्त्यका लागि चीन सरकारले लगानीको प्रमुख गन्तव्य नेपाललाई रोज्नुपर्ने उहाँको भनाइ थियो ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चिनियाँ व्यापारी तथा उद्योगपतिलाई लगानी बोर्ड नेपालका कार्यकारी निर्देशकको परामर्शमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले प्रदेश ५ ले औद्योगिक शहरको विकास गर्न एक हजार तीन सय रोपनी जग्गा छुट्टाएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ऊर्जा उत्पादनका लागि गण्डकी क्षेत्र उर्बर रहेकाले चिनियाँ उद्योगपतिलाई लगानी गर्न आग्रह गर्नुभयो । उहाँले गण्डकी प्रदेश सरकारले कावासोतीमा १६० हेक्टर जमीन औद्योगिक ग्रामका लागि छुट्टाइएको जानकारी दिनुभयो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले चिया, रुद्राक्ष र अलँैची उत्पादनमा लगानी गर्न आग्रह गर्नुभएको छ । उहाँले औद्योगिक क्षेत्रको विकासका लागि ७८० रोपनी तथा आधुनिक कृषि क्षेत्रको विकासका लागि एक हजार ४० रोपनी जमीन प्रदेश सरकारले छुट्टाएको बताउनुभयो । किमाथान्का, ओलाङचुङ्गोला र सोलुखुम्बुको नाङपाला नाका सञ्चालनमा ल्याइनुपर्ने उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जडीबुटी, औषधि, रत्नपथ्थर, जैविक मल कारखाना, मारवल कारखाना, सिमेन्ट उद्योग र कृषि क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, ऊर्जा तथा जलस्रोतका क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो । नेपाल–चीन व्यापारसम्बन्धी फोरमका कार्यकारी अध्यक्ष फान जियाबाओले नेपालका लिच्छविकालीन राजा अंशुवर्माकी छोरी भृकुटी र तत्कालीन तिब्बतका राजा श्रङचङ गम्पोसँगको सांस्कृतिक सम्बन्धपछि नेपालसँग चीनको पारस्पारिक सम्बन्ध विस्तार हँुदै गएको चर्चा गर्नुभयो ।

3 thoughts on “नेपालले चिनियाँ पर्यटकलाई भिजा शुल्क मिनाह गर्ने, लगानी बढाउन सातै प्रदेशको आह्वान

  • September 9, 2019 at 8:44 am
    Permalink

    नेपाल सरकारले चिनियाँ लाई कहिले देखि राहदानी जारी गर्न थाल्यो र शुल्क मिनाह ! जनता भ्रममा परे त – पत्रकार महोदय – ओमप्रकाश घिमिरे

    Reply
    • September 10, 2019 at 7:30 am
      Permalink

      Thank you for your feedback . Now it is corrected .

      Reply
      • August 28, 2020 at 4:56 pm
        Permalink

        सुझाव, सल्लाह र प्रतिक्रियाको लागि धन्यबाद सर। आगामी दिनमा पनि यस्तै सहयोग र प्रतिक्रियाको अपेक्षा गर्दछौं।

        Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *