बलवान समय….

गीता अधिकारी


समयले हामीलाई नराम्रोसंग झुक्याईरहेछ,
थाहा छ तिमीलाई
समय दौडीरहन्छ, हामि उसैको इसारामा उसैलाई
पच्छ्याउदै दौडीरहन्छौं।
कहिलेकाहीं, हामीलाई थकाइ लाग्छ,
तर उसले हामीलाई पर्खंदैन।
समय निकै चलाख छ,
निकै बलवान छ।

समयले बेर्दै बेर्दै हामीलाई बच्चा, युवा जवान हुँदै
बुढो बनाउँछ।
हामि भने समयको यसै जालोलाई हरेक वर्ष जन्मदिन भन्दै
उत्सव मनाइरहेका हुन्छौं।
समय निकै बलवान छ,
त्यहि बलवान छ र त,
हामीलाई हाम्रो जिवनमा कहिले हुरी पठाउँछ,
कहिले आंधी पठाउँछ, कहिले भुमरी त कहिले झरी पठाउँछ।
कहिले बसन्त त कहिले शिशिर।
हामि भुलिरहंछौँ, भुमरिहरुमा,
हामि खेलिरहंछौँ, समयको जन्जालहरुमा।
थाहा छ तिमीलाई ?

समय हाम्रो जीवन हो, हाम्रो अभिभावक हो
हाम्रो पथप्रदर्शक हो।
समय संगै दोस्ती गास्नु छ,
समय संगै अंकमाल गर्नु छ ,
समयलाई पछ्याउनु छ,
हामि समय संगै हिड्नु छ।
हातेमालो गर्नु छ।
थाहा छ तिमीलाई ?
सफलता र समय एकअर्काका पुरक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *