सुनको झोला फालेर भागेको गाडी ललितपुरमा भेटियो

नेटिजन नेपाल
काठमाडौँ, १५ साउन। मंगलबार काठमाडौंको कमलादीमा सुनको झोला फालेर भागेको गाडी बिहीबार ललितपुरमा भेटिएको छ। ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१४ को नखिपोटमा बिहीबार बा ६ च ५५१९ नम्बरको गाडी भेटिएको हो।

उक्त गाडीबाट फालिएको भनिएको झोलामा मंगलबार साढे १४ केजी चाँदी र आधा केजी सुनसहित हतियार फेला परेको थियो।

मंगलबार सुनको झोला फालेर भागेको भनिएको स्कोर्पियो गाडी बिहीबार नखिपोटको निर्माण सम्पन्न हुन लागेको घरभित्र लुकाएर राखेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीले पुष्टि गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *