थप २७४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ प्रतिशत डिस्चार्ज

नेटिजन नेपाल
काठमाडौँ, १५ साउन। पछिल्लो २४ घण्टामा नेपालमा २७४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।

बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो। पछिल्लो २४ घण्टामा दुई सय २७ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार दुई सय ४८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण भएको पुष्टि गर्नुभयो। 

यसैगरी, नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ। प्रवक्ता गौतमले बिहीबारमात्र कोरोनाका कारण तीन जनाको  मृत्यु भएको जानकारी दिनुभयो। 

काठमाडौंका ४१ , भक्तपुरका २ र ललितपुरका २ जना गरी ४५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०२ जनाको पीसीआर नमुना परीक्षण भएका छन्। मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार २०१ पुगेको छ। यस्तै आइसोलेसनमा ५ हजार २ सय २७ जनाको उपचार भइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *