पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

नेटिजन नेपाल
काठमाडौँ, १६ साउन । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार साउन ६ गते भर्ना भएकी ति महिलामा उच्च रक्तचापको समस्या रहेकाे थियो।

स्रोतका अनुसार वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखाेकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नुपरेको थियो । आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट समेत पोजिटिभ आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *