विराटनगरमा दुई साताका लागि लकडाउन घोषणा, अत्यावाश्यक वाहेक सबै सेवा बन्द

नेटिजन नेपाल
विराटनगर, १६ साउन । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै विराटनगरमा शनिबारदेखि दुई साताको लागि पुनः लकडाउन घोषणा गरिएको छ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संक्रमण समुदायमा फैलिएपछि लकडाउन गर्नुपरेको जानकारी दिनुभयो।

‘अहिले विराटनगरमा मात्र सयभन्दा बढी संक्रमित छन्। त्यसमा पनि ६१ जना संक्रमितको ट्राभल हिस्ट्री छैन। त्यसैले संक्रमण समुदायमा गइसक्यो भन्ने हो,’ उहाँले, ‘त्यसकारण भोलिदेखि लागू हुने गरी दुई साताको लागि लकडाउन गर्ने भनिएको हो।’

अब भोलिदेखि विराटनगरमा अत्यावश्यक सेवाबाहेक सबै कुरा बन्द हुनेछन्।

सरकारले साउन ७ गतेदेखि चार महिने लकडाउन अन्त्यको घोषणा गरे पनि संक्रमण बढ्दो देखिएपछि ठाउँ-ठाउँमा स्थानीय सरकारले भने निषेधाज्ञा जारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *