कोरोना अपडेट: थप २२४ जनामा संक्रमण पुष्टि

नेटिजन नेपाल
काठमाडौँ, १६ साउन। पछिल्लो २४ घण्टामा नेपालमा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । संक्रिय संक्रमितको संख्याको संख्या ५ हजार ३ सय १६ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन २०७७ साउन १६ गते

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन २०७७ साउन १६ गते

Posted by Netizen Nepal 1 on Friday, 31 July 2020

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार तीन सय ९९ पुगेको छ । डिस्चार्ज प्रतिशत ७२ दशमलव ८ भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । अहिले क्वारेन्टाइनमा १२ हजार एक सय ११ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *