कोरोनाका कारण एकै दिन ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

नेटिजन नेपाल
काठमाडौँ, १६ साउन। नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार थप चार जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको हो । यसअघि कोरोनाकै कारण ५२ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार मृत्यु हुने चारैजना पर्साका हुन् । प्रवक्ता गौतमका अनुसार पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष, वीरगन्ज १६ कै ३५ वर्षीय पुरुष, वीरगन्जकै ६५ वर्षीय पुरुष र वीरगन्ज स्थायी घर भएर ललितपुर थसिखेल बस्ने ६५ वर्षीया महिलाको निधन भएको हो।

मन्त्रालयका अनुसार शुक्रबार थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *