बेइमानी गर्न राजनीतिमा आएको हैन: पूर्वमन्त्री बाँस्कोटा

नेटिजन नेपाल
काभ्रे, १६ साउन। पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताउनुभएको छ ।

जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत आज सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा उहाँले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो “पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन ।”

पूर्वमन्त्री बाँस्कोटाले सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई केन्दूविन्दूमा राख्दा अर्थतन्त्रको जग बलियो हुन्छ, यसपछि गतिशिलताले निरन्तरता पाउँछ ।” समाज परिवर्तनको आधार राजनीति मात्रै नभएको उल्लेख गर्दै उहाँले आर्थिक परिवर्तनले ठूलो भूमिका खेल्ने बताउनुभयो ।

बाँस्कोटालाई सुरक्षा छापाखाना खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो टेप सार्वजनिक भएपछि अनियमितताको आरोप लागेको थियो। जसको कारण उहाँले मन्त्री पदबाट राजिनामा दिनुभएको थियो तर उक्त प्रकरणको कानुनि छिनोफानो भने भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *