Thursday, January 28, 2021
  • Login
Netizen Nepal
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • कोरोना साबधानी
  • नेटिजन टिभी
No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • कोरोना साबधानी
  • नेटिजन टिभी
No Result
View All Result
Netizen Nepal
No Result
View All Result
Home अन्य

यी हुन्, वर्षका ५ सदाचारी कर्मचारी

नेटिजन नेपाल by नेटिजन नेपाल
January 13, 2021
in अन्य, गतिविधि, नेटिजन विशेष, मुख्य समचार, वर्गीकृत, विकास / निर्माण, व्यक्तित्व, समसामयिक, हाम्रो नेपाल
0
यी हुन्,  वर्षका ५ सदाचारी कर्मचारी
35
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter

नेटिजन नेपाल
काठमाडौँ, २८ पुस। नाम राष्ट्र सेवक कर्मचारी भनिए पनि समग्रमा आम नागरिक भने उनिहरुप्रति खुलेर श्रद्धाभाव व्यक्त गर्न सक्दैनन् । यसले गर्दा कर्मचारीप्रतिको नकारात्मक धारणा आम नागरिक बृतमा बढ्दै गएको छ । यसको पछाडि कर्मचारीको कमी कमजोरी र उनिहरुले सेवाभावमा प्रमाणित गर्न नसकेको विश्वास एउटा पाटो हो भने अर्को पाटो भनेको भएगरेका राम्रा र असल कर्महरुलाई आम नागरिक समक्ष जोड्न नसक्नु पनि हो । तर पछिल्लो समयमा कतिपय यस्ता कर्मचारीहरु पनि छन् जो आफ्नो जागिरे अभिभारा भन्दा कयौं गुणा बढि जनसेवामा खटिरहेका छन् । यस्ता सेवाकर्मी कर्मचारीको खोजी गर्ने र उनिहरुलाई जनसेवामा अझ प्रोत्साहन गर्ने उदेश्यले अकाउन्टविलिटी ल्याब नेपालले विगत केहि वर्ष देखि निरन्तर रुपमा निष्ठावान कर्मचारकिो खोजी गर्दै उनिहरुलाई सम्मान गर्ने अभ्यासको शुरुवात गरेको छ । यहि कार्य अन्तर्गत सन् २०२० का पाँच उत्कृष्ट कर्मचारीको छनौट गरी उनिहरुलाई सम्मान समेत गरिएको छ ।

इन्टेग्रीटी आईकन नाम दिइने सम्मानित कर्मचारीको छनौट निष्पक्ष, खुल्ला र पारदर्शी तरिकाले गरिने हुदा उनीहरु  निष्ठावान र सेवामा सर्मित उदाहरणिय व्यक्ति भएको आयोजक संस्थाले जनाएको छ ।  सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी वहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थलिएको  यो अभियान  नेपालमा ७ वर्ष अगाडी   सुरु भएको  गरिएको थियो।   हाल विश्वका १२ मुलुकमा पुगिसकेको छ ।

यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका १५०२ मनोनयनबाट निर्णयक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशिराज दाहाल, पुर्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र आइआइडिएस सेन्टर पफ्र गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहनु भएको थियो ।

इन्टेग्रीटी आइकन २०२० का लागि छनौट भएका   यी पाँच निष्ठान कर्मचारीले  के गरेका थिए त ? यहाँ उनिहरुको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ । 

 आरती थारु,जनस्वास्थ्यनिरीक्षक, नेपालगञ्ज स्वास्थ्यचौकी 

प्युठान जस्तो विकट ठाउँमा कार्यरत हुँदा उहाँले सुत्केरी महिलाका लागि गरेको काम उल्लेखनिय छ । उहाँले त्यहाँ रहँदा, सुत्केरी सेवा सबैको पहुँचमा पुर्‍याउन बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिका निर्वाह गर्नुभयो । हाल नेपालगञ्जमा रहँदा कोभिड – १९ महामारीको समयमा उहाँले क्वारेन्टाईनमा काम गर्दा देखाएको सहास, आईसोलेशन र होम आईसोलेशनमा बस्ने संक्रमितलाई गरेको सेवाको सबैले प्रसंशा गरेका छन् ।

भिडियो हेर्नुहोस:

 

 दिपक ज्ञवाली,महाशाखाप्रमुख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्विनी प्रदेश, बुटवल

दिपक ज्ञवालीले वनलाई आयस्रोतको माध्यम बनाउन सकिन्छ, अतिक्रमित वन राज्यको नाममा फिर्ता गर्न जोखिमको सामना गर्न सक्नु पर्दछ र समुदाय र विशेष गरेर महिला समुह परिचालन गरेर तस्करीलाई निरुत्साहन गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गर्नुभएको छ । टिम वर्कमा विश्वास गर्ने र जिम्मेवारी बाँडफाँड गरेर काम गर्ने भएकोले उहाँ कार्यरत कार्यालयले उत्कृष्ट कार्य सम्पादन गर्दै आईरहेका छन् ।  

भिडियो हेर्नुहोस:

 

हेम बहादुर आले मगर, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगा

हेम बहादुर आले मगरले कृषकलाई दिगो व्यवसायिक खेती गर्ने तालिम दिन फर्म स्कुल सञ्चालनमा ल्याउनुभयो । त्यसबाट कृषकले खेती गर्ने तरिका र प्रविधिको उचित प्रयोग गरेर आय आर्जन गर्न सके । त्यसैगरि, कृषकको समस्या बुझेर समाधान गर्नका निम्ति अगुवा कृषक गोष्ठिको आयोजना गरे । उहाँले वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोत परिचालन गर्नमा पनि उल्लेख्य काम गर्नुभयो ।

भिडियो यहाँ हेर्नुहोस् ।

 

४- मञ्जु महत, अधिकृत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछाम 

मञ्जु महतले अछाममा घरेलु हिँसा र छाउपडी प्रथा कम गर्न र बालबालिकाको नेतृत्व विकास गर्नमा ठुलो योगदान गर्नुभएको छ । यदि कुनै महिलाले घरेलु हिँसाको सामना गरिन भने सबैले पहिलो पटक सम्झिने नाम हो मञ्जु महत । पहिला वस्तु स्थीती बुझ्ने, व्यवहारिक कार्ययोजना बनाउने र त्यसको प्रभावकारी कार्यान्वयन गर्नु उहाँको कार्यशैली हो ।

भिडियो यहाँ हेर्नुहोस् ।

 

 डा. नविनबन्धु पहाडी, शिक्षक, नीलकण्ठ उच्चमाध्यामीक विद्यालय, धादिङ

पहाडीले धादिङमा दलित र सिमान्तकृत समुदायका बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रि व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापना गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको छ । त्यसै गरेर आमाबाबु गुमाएका बालबालिका अभावका कारण पढाईबाट बञ्चित नहोउन भन्नका लागि बाल अनाथाश्रम पनि सञ्चालन गर्नुभएको छ ।

भिडियो हेर्नुहोस :

 

Tags: इन्टेग्रीटी आईकनकर्मचारी
नेटिजन नेपाल

नेटिजन नेपाल

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

January 28, 2021
78
राजश्व चुहावट अभियोगमा ७७ करोड बिगो दाबीसहित मुद्दा

२६ हजार राहत लिँदा पाँच करोड राजश्व छलीको मुद्दा

January 28, 2021
43
सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

January 28, 2021
270
सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

January 28, 2021
307
चिनी उद्योगी अग्रवाल काठमाडौँबाट पक्राउ, अझै आठ करोड बक्यौता बाँकी

चिनी उद्योगी अग्रवाल काठमाडौँबाट पक्राउ, अझै आठ करोड बक्यौता बाँकी

January 28, 2021
148
त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला शुरु

त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला शुरु

January 28, 2021
58
Netizen Nepal

सम्पर्क:
वाचडग मिडिया सर्भिसेज प्रा.लि. ( नेटिजननेपाल डट् कम)
कामनपा १३, रविभवन, काठमाडौं
सम्पर्क नं ः ४२७६७७९,४२७६६४८
इमेल ः info@watchdogmedia.com.np
netizennepal@gmail.com
सूचना विभाग दर्ता नं ः १४९६/०७६–७७

सल्लाहकार : डा. पियूष राज मिश्र
अध्यक्ष : विनोद राज खनाल
सम्पादक : ओमप्रकाश घिमिरे
विषयवस्तु संयोजक : प्रदीप पोखरेल
संवाददाता : पर्वती अधिकारी
अंग्रेजी भाषा : कृतिका शर्मा
फोटोग्राफर: बिर बहादुर राना
मल्टिमिडिया : सुदीप सुनुवार
मार्केटिंग : परिक्रमा भट्टराई

कोटिबाट ब्राउज गर्नुहोस्

  • pdf
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अन्य
  • आर्थिक
  • ईतिहास
  • उद्योग / व्यवसाय
  • कृषि
  • कोरोना साबधानी
  • खेलकुद
  • गतिविधि
  • घटना
  • दस्तावेज
  • धर्म संस्कृति
  • नेटिजन टिभी
  • नेटिजन मंच
  • नेटिजन विशेष
  • पर्यटन
  • फोटो
  • बजार
  • बाढी पहिरो
  • मनोरन्जन
  • मुख्य समचार
  • मौसम
  • राजनीति
  • वर्गीकृत
  • विकास / निर्माण
  • विचार
  • विज्ञान / प्रविधि
  • विश्लेषण
  • विश्व / रोचक
  • व्यक्तित्व
  • शिक्षा
  • संघियता
  • समसामयिक
  • स्वास्थ्य
  • हाम्रो नेपाल

भर्खरको समाचार

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

January 28, 2021
राजश्व चुहावट अभियोगमा ७७ करोड बिगो दाबीसहित मुद्दा

२६ हजार राहत लिँदा पाँच करोड राजश्व छलीको मुद्दा

January 28, 2021
सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

January 28, 2021
सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

January 28, 2021
  • आर्थिक
  • कृषि
  • सम्पर्क
  • हाम्रो नेपाल
  • हाम्रो बारेमा

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • कोरोना साबधानी
  • नेटिजन टिभी

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In