नेटिजन नेपाल
काठमाडौँ, २८ पुस। नेपाल राष्ट्र बैंकले बुधबार निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५१ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ २१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८२ पैसा र बिक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ । भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३२ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ ।
बृस्तित तालिकामा हेर्नुहोस ।