Thursday, January 28, 2021
  • Login
Netizen Nepal
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • कोरोना साबधानी
  • नेटिजन टिभी
No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • कोरोना साबधानी
  • नेटिजन टिभी
No Result
View All Result
Netizen Nepal
No Result
View All Result
Home अन्य विश्व / रोचक अन्तर्राष्ट्रिय

भारतीय मिडियाको दबदबा: जी न्युजले फेरि प्रसारण गर्यो सगरमाथा बारे विवादित सामाग्री

नेटिजन नेपाल by नेटिजन नेपाल
January 13, 2021
in अन्तर्राष्ट्रिय, गतिविधि, घटना, मुख्य समचार, वर्गीकृत, समसामयिक
0
हेलिकप्टर उडानले निकुञ्जका वन्यजन्तुमा गम्भीर असर

sagarmatha

13
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

नेटिजन नेपाल
काठमाडौँ, २९ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण गरेको एक दिनपछि भारतीय टेलिभिजन च्यानल जी न्युजले सगरमाथाबारे विवादित सामग्री प्रसारण गरेको छ । प्रधानमन्त्री केपी शर्माको अन्तर्वार्ता लिन शनिबार नेपाल आएका जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले काला पत्थरबाट स्थलगत रिपोर्टसहित सामग्री तयार पारेका हुन् ।

उक्त सामग्री मंगलबार साँझ र बुधबार बिहान जी न्युजमा प्रसारित भएको थियो । गत डिसेम्बर १ मै पनि चौधरीले सगरमाथाको नामबारे एउटा सामग्री प्रस्तुत गरेका थिए । उनले त्यो कार्यक्रममा ‘एभरेस्टको नाम माउन्ट सिकदर किन नराखिएको ?’ भन्दै भारतीय गणितज्ञ राधानाथ सिकदरको नाममा सगरमाथाको नाम हुनुपर्ने बताएका थिए । त्यतिमात्रै होइन त्यसका लागि आफूहरुको अभियान नै सुरु भएको पनि चौधरीले दाबी गरेका थिए ।

त्यही दाबीअनुरुप चौधरीले भनेबमोजिमको ‘माउन्ट एभरेस्टमाथि भारतीय दाबीको अभियान’ पछिल्लो कार्यक्रमबाट सुरु गरेका छन् । उनले सगरमाथासम्बन्धी कार्यक्रमको मेसो पारेर प्रधानमन्त्रीको अन्तर्वार्ता लिए वा प्रधानमन्त्रीको अन्तर्वार्ताको मौका पारेर सगरमाथासम्बन्धी सुनियोजित रुपमा कार्यक्रम बनाए भन्ने कुरामा आशंका गर्ने ठाउँ रहेको छ । किनकी यसअघिकै कार्यक्रममा उनले ‘माउन्ट एभरेस्ट पर भारतके दावे की मुहिम’ सुरु भएको बताएका थिए ।

राधानाथ सिकदरकै प्रेरणाबाट आफूले सगरमाथालाई नजिकबाट हेर्ने मौका पाएको पनि चौधरीले उल्लेख गरेका छन् । उनले कार्यक्रममा भनेका थिए, ‘राधानाथ सिकदर भारतका महान गणितज्ञ थिए । उनले सन् १८५२ मा पहिलो पटक विश्वकै सबैभन्दा अग्लो हिमालको उचाइ नापेका थिए । तर अंग्रेजहरुले उनलाई यसको श्रेय दिएनन् । यस पर्वतको नाम जर्ज एभरेस्टको नाममा राखियो । जसले न त कहिल्यै एभरेस्ट देखेका थिए, न त उनलाई यसका बारेमा जानकारी नै थियो । त्यसैले आज हामी माग गर्छौं कि माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर राख्नुपर्छ ।’

पटक–पटक नेपाल र नेपाली नागरिकका बारेमा विवादित अभिव्यक्ति र सामग्री प्रसारण गर्ने चौधरी त्यतिमै मात्रै रोकिएनन् । उनले अगाडि भने, ‘अब भारतले माउन्ट एभरेस्टमा दाबी ठोक्नुपर्छ ।’ त्यतिमै पनि अडिएनन् उनी । उनले काला पत्थरबाट ‘नयाँ भारतको नयाँ राष्ट्रवादको साँचो पत्रकारिता’ सुरु भएको पनि दाबी गरे ।

नेपाली भूमिबाट नेपालमै रहेको सगरमाथाबारे सामग्री प्रसारण गरेर चौधरीले कस्तो राष्ट्रवादको व्याख्या गरेका हुन् त्यो भने आगामी कार्यक्रममै बताउलान् । उनले आफ्नो उक्त कार्यक्रमले भारतीय दर्शकलाई राष्ट्रवादी भावना जागृत गराउने पनि दाबी गरेका थिए । उनले भनेका थिए, ‘आजको हाम्रो रिपोर्टले तपाईँहरुलाई राष्ट्रवादी भावना अनुभव गराउँछ । त्यसैले आज म चाहन्छु कि तपाईँहरु सबै परिवारका साथ यो कार्यक्रम ध्यानपूर्वक हेर्नुहोला ।’

त्यस्तै चौधरीले आफ्नो यात्राले सगरमाथाको सही अर्थ र महत्त्व बुझन् मद्दत पुग्ने बताएका थिए । उनले सबैलाई आफ्नो कथित अभियानमा सहभागी हुन आग्रह गर्दै भने, ‘तपाईँहरु सबै माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर बनाउने हाम्रो यस अभियानमा सहभागी हुनुहोस् ।’ साथै उनले जी न्युजले सामाजिक सञ्जालमा ‘ह्यासट्याग इन्डिया फर माउन्ट सिकदर’ पनि चलाइरहेको छ ।

जी न्युज र चौधरीको विवादित पृष्ठभूमि

जी न्युजले पटक–पटक नेपालका बारेमा विवादित सामग्री प्रसारण गर्दै आएको छ । यसअघि असारमा जी न्युजको बिहार झारखण्ड संस्करणमा नेपालमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको भन्दै ‘ओलीकी इस्किँया’ भनेर विवादित सामग्री प्रसारण गरेको थियो । पछि च्यानलले माफी माग्दै सामग्री हटाएको भन्दै भिडियो बाहिरिएको थियो । तर जी न्युजको आधिकारिक च्यानलमा भने उक्त भिडियो भने भेटिएको थिएन ।

त्यस्तै प्रधानसम्पादक सुधीर चौधरीले पनि नेपालबारे विवादित ट्वीट गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानहानी र दुष्प्रचार गरेको भन्दै नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’

चौधरीको अभिव्यक्तिप्रति धेरैले आपत्ति जनाएपछि उनले त्यो ट्वीट हटाएका थिए । आफ्नो ट्वीटले नेपाली दर्शकहरुप्रति चोट पुगेको उल्लेख गर्दै उनले ट्वीट हटाएको जानकारी दिएका थिए । उनले लेखेका थिए , ‘मेरो ट्वीटले नेपालका हाम्रा दर्शकलाई चोट पुगेको छ । मलाई थुप्रै भारतीयले पनि यो विचार सही नभएको बताए । मैले खबर पाएसँगै आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको हुनुपर्छ । यो मञ्च अभिव्यक्तिको हो, कसैलाई चोट पुऱ्याउन होइन । त्यसैले दु:ख व्यक्त गर्दै यो ट्वीट हटाउँदै छु ।’

जी न्युजले भारतमा पनि भारतीय जनता पार्टी नेतृत्वको सरकारको इसारामा चल्ने गोदी मिडियाको उपनाम पाएको छ । चौधरी सन् २०१२ मा कांग्रेस सांसद नवीन जिन्दलसँग १ करोड रुपैयाँ घुस मागेको आरोपमा पक्राउ परेका थिए । भारतीय राजनीतिमा हलचल ल्याएको कोलगेट घोटाला (कोइलासम्बन्धी घोटाला) मा जिन्दल समूहलाई ‘ब्ल्याकमेल’ गर्दै पैसा मागेका थिए । उनीसँगै उनका सहकर्मी समीर अहलुवालिया पनि पक्राउ परेका थिए । उनीहरु धरौटीमा रिहा भएका थिए । सन् २०१८ मा जिन्दल समूहले मुद्दा फिर्ता लिएको थियो ।

त्यस्तै गत मार्चमा मात्रै चौधरीले धार्मिक असहिष्णुता फैलाएको भन्दै केरलमा उनीविरुद्ध एफआईआर दर्ता भएको थियो । उनले कुनै धर्म विशेषविरुद्ध अफवाह फैलाउने गरेको पनि आरोप लाग्दै आएको छ । इ-कान्तिपुर।

 

Tags: जी न्युजमिडियासगरमाथा
नेटिजन नेपाल

नेटिजन नेपाल

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

January 28, 2021
87
राजश्व चुहावट अभियोगमा ७७ करोड बिगो दाबीसहित मुद्दा

२६ हजार राहत लिँदा पाँच करोड राजश्व छलीको मुद्दा

January 28, 2021
49
सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

January 28, 2021
292
सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

January 28, 2021
324
चिनी उद्योगी अग्रवाल काठमाडौँबाट पक्राउ, अझै आठ करोड बक्यौता बाँकी

चिनी उद्योगी अग्रवाल काठमाडौँबाट पक्राउ, अझै आठ करोड बक्यौता बाँकी

January 28, 2021
155
त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला शुरु

त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला शुरु

January 28, 2021
61
Netizen Nepal

सम्पर्क:
वाचडग मिडिया सर्भिसेज प्रा.लि. ( नेटिजननेपाल डट् कम)
कामनपा १३, रविभवन, काठमाडौं
सम्पर्क नं ः ४२७६७७९,४२७६६४८
इमेल ः info@watchdogmedia.com.np
netizennepal@gmail.com
सूचना विभाग दर्ता नं ः १४९६/०७६–७७

सल्लाहकार : डा. पियूष राज मिश्र
अध्यक्ष : विनोद राज खनाल
सम्पादक : ओमप्रकाश घिमिरे
विषयवस्तु संयोजक : प्रदीप पोखरेल
संवाददाता : पर्वती अधिकारी
अंग्रेजी भाषा : कृतिका शर्मा
फोटोग्राफर: बिर बहादुर राना
मल्टिमिडिया : सुदीप सुनुवार
मार्केटिंग : परिक्रमा भट्टराई

कोटिबाट ब्राउज गर्नुहोस्

  • pdf
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अन्य
  • आर्थिक
  • ईतिहास
  • उद्योग / व्यवसाय
  • कृषि
  • कोरोना साबधानी
  • खेलकुद
  • गतिविधि
  • घटना
  • दस्तावेज
  • धर्म संस्कृति
  • नेटिजन टिभी
  • नेटिजन मंच
  • नेटिजन विशेष
  • पर्यटन
  • फोटो
  • बजार
  • बाढी पहिरो
  • मनोरन्जन
  • मुख्य समचार
  • मौसम
  • राजनीति
  • वर्गीकृत
  • विकास / निर्माण
  • विचार
  • विज्ञान / प्रविधि
  • विश्लेषण
  • विश्व / रोचक
  • व्यक्तित्व
  • शिक्षा
  • संघियता
  • समसामयिक
  • स्वास्थ्य
  • हाम्रो नेपाल

भर्खरको समाचार

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

January 28, 2021
राजश्व चुहावट अभियोगमा ७७ करोड बिगो दाबीसहित मुद्दा

२६ हजार राहत लिँदा पाँच करोड राजश्व छलीको मुद्दा

January 28, 2021
सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

January 28, 2021
सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

January 28, 2021
  • आर्थिक
  • कृषि
  • सम्पर्क
  • हाम्रो नेपाल
  • हाम्रो बारेमा

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • कोरोना साबधानी
  • नेटिजन टिभी

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In