नेटिजन नेपाल
काठमाडौँ, २९ पुस। नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्ति केन्द्रले सुनाएको मन्त्र सुनेर संसद् विघटन गरेको आरोप लगाउनुभएको छ।
बुधबार काठमाडौंमा आयोजित दाहाल-नेपाल पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री ओलीले विदेशी शक्ति केन्द्रको मन्त्र सुनेर संसद् विघटन र पार्टी विभाजन गरेको दाबी गर्नुभएको हो।
अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले भारतीय न्यूज च्यानललाई दिएको अन्तर्वार्ता पनि नाटक भएको बताउनुभएको छ । ‘उहाँलाई लोकतन्त्र, राष्ट्रप्रति अलिकति पनि जिम्मेवारीबोध भएको भए, अहिले त देखिएको छ, विदेशी शक्ति केन्द्र आएर के के मन्त्र सुनाए, उहाँले त्यो मन्त्र सुन्नुभयो,’ दाहालले भन्नुभयो,’ अस्ति भर्खर हेर्नु भयो जी न्यूजको अन्तर्वार्ता । उहाँले त्यो बोलाएको, त्यो पनि नाटकै हो । नाटक हो भन्ने कुराको पट्टाक्षेप भइसक्यो । जी न्यूजले नाम फेर्न रे त्यही जी न्यूजले ।’