Thursday, January 28, 2021
  • Login
Netizen Nepal
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • कोरोना साबधानी
  • नेटिजन टिभी
No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • कोरोना साबधानी
  • नेटिजन टिभी
No Result
View All Result
Netizen Nepal
No Result
View All Result
Home अन्य

३१ वर्षको पर्खाइपछि मोटरबाटो पुग्दा स्थानीयमा छायो खुसियाली

नेटिजन नेपाल by नेटिजन नेपाल
January 13, 2021
in अन्य, आर्थिक, उद्योग / व्यवसाय, गतिविधि, बजार, मुख्य समचार, वर्गीकृत, समसामयिक, हाम्रो नेपाल
0
हुम्लामा पहिलोपटक सडक मार्ग पुग्दै: निर्माण कार्य अन्तिम चरणमा

sadak

30
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

नेटिजन नेपाल
प्युठान, २९ पुस। प्यूठान नगरपालिका–३ विजयनगरवासीले करीब ३१ वर्षको पर्खाइपछि सडक पाएका छन् । प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयदेखि ओखरकोट जाने सडक निर्माण भएको हो । वर्षेनि सडकका लागि धेरै निकायबाट बजेट विनियोजन भए पनि यहाँ सडक निर्माण हुन सकेको थिएन ।

आर्थिक वर्ष २०७५- ०७६ र आव २०७६- ७७ मा नगरपालिकाबाट विनियोजन रकमबाट यस ठाउँमा सडक निर्माण गरिएको हो । आव २०७५- ७६ मा करीब ८० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । त्यस्तै आव २०७६- ७७ मा पहिरो व्यवस्थापन, सडक चौडा, सवारीसाधन जानका लागि सिलिप निर्माण र होम पाइप राखिएको श्रेष्ठले बताउनुभयो ।

सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७५- ७६ मा रु २१ लाख ३१ हजार र आव २०७६- ७७ मा वडा कार्यालयबाट विनियोजित रु दुई लाख ८५ हजार बजेटमा सडक निर्माण सम्पन्न भएको हो । धेरै पटक सडक बनाउनका लागि बजेट विनियोजन भए पनि सही ढङ्गले काम नभएपछि आफ्नो नेतृत्वमा उपभोक्ता समिति गठन गरी दिगोरुपमा सञ्चालन हुने मनसायका साथ सडक निर्माण गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

लामो समयदेखि सडकको पर्खाइमा रहेका विजयनगरका स्थानीयवासी हाल सडकको पहुँचमा पुगेका छन् । सडक निर्माण भएसँगै यस क्षेत्रका करीब तीन हजार घरधुरीका जनता प्रत्यक्ष लाभान्वित भएको उपभोक्ता समिति अध्यक्ष श्रेष्ठले बताउनुभयो । सडक निर्माणले विजयनगरसँगै विजुवार क्षेत्रका केही जनता र दाखाक्वाडी क्षेत्रका केही जनता पनि प्रत्यक्ष लाभान्वित भएको उहाँले बताउनुभयो । विकास निर्माणका कामले यस ठाउँसम्म निरन्तररुपमा सवारी साधन चल्ने हुँदा स्थानीयवासीलाई थप सहजता मिलेको उहाँको भनाइ छ । लामो समयदेखि सडकको समस्या भोग्दै आएका यहाँका नागरिकले सडक निर्माणको काम सम्पन्नपश्चात् राहत मिलेको उहाँले बताउनुभयो ।

यस क्षेत्रमा सडक नहुनु र भए पनि साँघुरो हुँदा वर्षेनि मोटरसाइकल दुर्घटना हुनाका साथै कैयौँ व्यक्तिको ज्यानसमेत गएको थियो । नगरपालिका क्षेत्र भए पनि बजार क्षेत्रकै छेउमा रहेको सडक लामो समयदेखि निर्माण नहुँदा स्थानीयवासी चिन्तित भएका थिए । “सडक नहुँदा स्थानीयवासीलाई आवातजावत गर्नसमेत समस्या थियो”, स्थानीयवासी तिलबहादुर घर्तीले भन्नुभयो, “लामो प्रतीक्षापछि सडक बन्यो अब समस्या हल हुने विश्वास लिएको छु ।” सडक बनेसँगै स्थानीयवासी खुशी भएको उहाँले बताउनुभयो । सडक सम्पन्न भएसँगै पढ्नका लागि आवतजावत गर्ने विद्यार्थीसँगै विजय नगरवासीलाई फाइदा पुगेको उहाँको भनाइ छ ।

Tags: विकाश_निर्माणसडक
नेटिजन नेपाल

नेटिजन नेपाल

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

January 28, 2021
73
राजश्व चुहावट अभियोगमा ७७ करोड बिगो दाबीसहित मुद्दा

२६ हजार राहत लिँदा पाँच करोड राजश्व छलीको मुद्दा

January 28, 2021
39
सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

January 28, 2021
264
सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

January 28, 2021
302
चिनी उद्योगी अग्रवाल काठमाडौँबाट पक्राउ, अझै आठ करोड बक्यौता बाँकी

चिनी उद्योगी अग्रवाल काठमाडौँबाट पक्राउ, अझै आठ करोड बक्यौता बाँकी

January 28, 2021
145
त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला शुरु

त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला शुरु

January 28, 2021
56
Netizen Nepal

सम्पर्क:
वाचडग मिडिया सर्भिसेज प्रा.लि. ( नेटिजननेपाल डट् कम)
कामनपा १३, रविभवन, काठमाडौं
सम्पर्क नं ः ४२७६७७९,४२७६६४८
इमेल ः info@watchdogmedia.com.np
netizennepal@gmail.com
सूचना विभाग दर्ता नं ः १४९६/०७६–७७

सल्लाहकार : डा. पियूष राज मिश्र
अध्यक्ष : विनोद राज खनाल
सम्पादक : ओमप्रकाश घिमिरे
विषयवस्तु संयोजक : प्रदीप पोखरेल
संवाददाता : पर्वती अधिकारी
अंग्रेजी भाषा : कृतिका शर्मा
फोटोग्राफर: बिर बहादुर राना
मल्टिमिडिया : सुदीप सुनुवार
मार्केटिंग : परिक्रमा भट्टराई

कोटिबाट ब्राउज गर्नुहोस्

  • pdf
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अन्य
  • आर्थिक
  • ईतिहास
  • उद्योग / व्यवसाय
  • कृषि
  • कोरोना साबधानी
  • खेलकुद
  • गतिविधि
  • घटना
  • दस्तावेज
  • धर्म संस्कृति
  • नेटिजन टिभी
  • नेटिजन मंच
  • नेटिजन विशेष
  • पर्यटन
  • फोटो
  • बजार
  • बाढी पहिरो
  • मनोरन्जन
  • मुख्य समचार
  • मौसम
  • राजनीति
  • वर्गीकृत
  • विकास / निर्माण
  • विचार
  • विज्ञान / प्रविधि
  • विश्लेषण
  • विश्व / रोचक
  • व्यक्तित्व
  • शिक्षा
  • संघियता
  • समसामयिक
  • स्वास्थ्य
  • हाम्रो नेपाल

भर्खरको समाचार

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

नाग देवता भन्दै गोमन सर्पको पुजा गर्नेहरुको घुइँचो

January 28, 2021
राजश्व चुहावट अभियोगमा ७७ करोड बिगो दाबीसहित मुद्दा

२६ हजार राहत लिँदा पाँच करोड राजश्व छलीको मुद्दा

January 28, 2021
सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

January 28, 2021
सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट सर्तसहित स्वीकृत

January 28, 2021
  • आर्थिक
  • कृषि
  • सम्पर्क
  • हाम्रो नेपाल
  • हाम्रो बारेमा

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • कोरोना साबधानी
  • नेटिजन टिभी

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In