निषेधाज्ञामा काठमाडौँ शहरको दृश्य(फोटोफिचर)

बिर बहादुर राना 

काठमाडौँ, १५ भदौ। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि गत भदौ ३ गते रातिदेखि उपत्यकाभर निषेधाज्ञा जारी गरियो । एक हप्ताको लागि जारी गरिएको निषेधाज्ञासंक्रमणको अवस्था हेरेर पुन अर्को एक हप्ताका लागी थप गरियो।

दैनिक लाखौँको संख्यामा मानिसहरु र हजारौंको संख्यामा सवारी साधनहरुको चापले ब्यस्त हुने देशकै राजधानी शहर कोरोना संक्रमणका कारण सुनसान जस्तै छ।

उपत्यका प्रशाशनले पनि कोरोना नियन्त्रणका लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्देशन दिएको छ। यसका साथै निषेधाज्ञा उलंघन गर्नेलाई प्रहरीले निगरानी गर्दै कारवाहीको दायरामा समेत ल्याउदै आएको छ।

अत्यावश्यकबाहेक सबै निजी तथा सार्वजनिक कार्यलयहरु बन्द छन र अधिकांश पसल तथा सटरहरुमा समेत ताला लागेको देख्न सकिन्छ। 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *