Tuesday, March 2, 2021
  • Login
Netizen Nepal
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
Netizen Nepal
No Result
View All Result
Home अन्य

प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारी कि ज्यालादारी ?

नेटिजन नेपाल by नेटिजन नेपाल
January 24, 2021
in अन्य, गतिविधि, बजार, मुख्य समचार, वर्गीकृत, विकास / निर्माण, समसामयिक
0
प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारी कि ज्यालादारी ?
22
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

तारानाथ आचार्य
बलेवा, ११ माघ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँगाउँमा बेरोजगार युवाहरुलाई १०० दिने रोजगारी कार्यक्रम सुरु भएको छ । फुर्सद नै फुर्सदमा दिन कटाउन बाध्य युवाहरुको मुहारमा खुसी झल्किएको छ भने परिवारको गुजारा टार्नसमेत सजिलो भएको छ । वेरोजगार युवाहरुले रोजगारी त पाए तर यससंगै तिन महिनापछि ति युवाहरुले के गर्ने भन्ने प्रश्न समेत खडा हुन्छ । १०० दिन बितेपछि उनीहरु कि त पहिलेको जस्तै बिनाकाम बस्ने, कि भने विदेशका लागी प्रक्रिया अगाडी बढाउनेबाहेक अन्य विकल्प रहदैन । त्यसैले सरकारले दिगो रुपमा रोजगारीको व्यवस्था गर्नुपर्नेमा जानकारहरु जोड दिन्छन।

बरेङ गाउँपालिका–२ हुग्दीशिरकी कमला शर्मा बिहान १०ः०० नबज्दै कुटो कोदालो समातेर काममा निस्कनुहुन्छ । एक महिनादेखि उहाँको काम स्थानीय सडकका नाली खन्ने, जाली भर्ने र ढुङ्गा बोक्ने हो । गाउँपालिकाले बेरोजगारको सूचीमा राखेर उहाँलाई एक महिनायताको कामले निकै राहत दिएको छ ।

उहाँका श्रीमान् पिताम्बर शर्मा धेरै काम गर्न सक्नुहुन्न । पहिले पहिले गुल्मीको चोकाटे र शान्तिपुरबाट भारी बोकेर परिवार पाल्नुभएका पिताम्बरको रोजगारी गाउँगाउँमा पुगेका सडकले खोसिदियो । भारी बोक्ने कामसमेत खोसिएपछि अर्कैको घरमा गोठालो, खेतालो गरेर छाक टार्दै आएको शर्मा परिवारमा यतिबेला गाउँपालिकाले दिएको रोजगारीले घर चलाउने आधार बनेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शर्मा परिवारले एक सय दिनका लागि रोजगारी पाएको छ । गाउँपालिकाले तोकेको ठाउँमा काम गरेर हुने आम्दानीले एक वर्षको परिवार खर्च चलाउने योजना कमलाको परिवारको छ । कमलाले १०० दिन काम गरेर वृद्ध श्रीमान् र चार छोराछोरीको खर्च चलाउने योजना बनाउनुभएको छ ।

वडा नं १ धुल्लु बाँस्कोटका नवीन आचार्य पनि त्यही काममा हुनुहुन्छ । दुई वर्षअघि कतार पुगेर फर्किनुभएका आचार्यको दैनिकी जङ्गलमा गाईभैँंसी चराउने थियो । एक महिनादेखि नियमित काममा जान थालेपछि उहाँको दैनिकी फेरिएको छ । “धेरै थोरै काम पाइएको छ, आम्दानी पनि हुने नै भयो”, उहाँले भन्नुभयो “सामान्य घरखर्च चलाउने भए पनि आम्दानी गर्छु ।” घाम तापेर दिन फाल्नुभन्दा सडकको मर्मत गर्ने काम भए पनि पाएकामा उहाँ खुशी हुनुहुन्छ ।

आचार्य र शर्मा जस्तै बरेङमा रोजगारी पाएका धेरैको जीवनमा परिवर्तन आएको छ । यहाँ घरायसी काम तथा खेताला लाग्दा आउने दैनिकी धेरै कम छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले उनीहरुलाई राहत दिएको हो । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाले पहिलो चरणमा बेरोजगारलाई मर्मत सम्भारको काममा लगाएको छ । उनीहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न एवं सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन उक्त कार्यक्रमले सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउनुहुन्छ ।

सिँचाइ कुलो, पदमार्ग, सडक नाली तथा तारजाली खेलकूद मैदान, विद्यालय पर्खाल निर्माण, सार्वजनिक शौचालय, चौतारी निर्माण, खानेपानी, पोखरी मर्मतजस्ता काममा बेरोजगारीको सूचीमा रहेकाले काम गरिरहेको रोजगार सेवा केन्द्र प्रमुख केशवराज क्षेत्री बताउनुहुन्छ । बरेङका पाँच वडामा एक हजार ३५४ सूचीकृत बेरोजगार छन् । उनीहरुमध्ये पहिलो चरणमा १०० जनाले काम पाएका छन् । दुई सय जना बढीले अर्को चरणमा काम पाउने क्षेत्रीले बताउनुभयो ।

गाउँपालिकाले पाँच वडामा १६ योजना छनोट गरेर काम गरिरहेको छ । निर्माण सामग्री नपाइने र ज्यालाका लागि मात्र भनेर पहिलो चरणमा बरेङलाई रु ५१ लाख ७० हजार र दोस्रो चरणमा रु एक करोड २० लाख सःर्शत अनुदान रकम निकासा प्राप्त भएको छ । सोही रकमबाट कार्यक्रम सञ्चालन भइरहेको केन्द्रले जनाएको छ ।

 

Tags: गाउँप्रधानमन्त्रीमजदुररोजगारी
नेटिजन नेपाल

नेटिजन नेपाल

काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने

देउवाको यो हो नि दाउ

March 2, 2021
83
राष्ट्रिय संग्रहालय अबदेखि अनलाइनबाटै  अवलोकन गर्न सकिने  

राष्ट्रिय संग्रहालय अबदेखि अनलाइनबाटै अवलोकन गर्न सकिने  

March 2, 2021
112
दैनिक ३० किलो सुनको माग, आपूर्ति वृद्धि गर्न व्यवसायीको दबाब

दैनिक ३० किलो सुनको माग, आपूर्ति वृद्धि गर्न व्यवसायीको दबाब

March 2, 2021
45
एक रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ खर्च !

एक रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ खर्च !

March 2, 2021
33
रक्षामन्त्री आफैँ, गृहमन्त्री आफ्नै समूहका, प्रधानमन्त्री असुरक्षित कसरी ?

रक्षामन्त्री आफैँ, गृहमन्त्री आफ्नै समूहका, प्रधानमन्त्री असुरक्षित कसरी ?

March 2, 2021
122
७४ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा

खानेपानी समस्या दिगो समाधानका लागि करोडमाथिका आयोजना

March 2, 2021
39
Netizen Nepal

सम्पर्क:
वाचडग मिडिया सर्भिसेज प्रा.लि. ( नेटिजननेपाल डट् कम)
कामनपा १३, रविभवन, काठमाडौं
सम्पर्क नं : ४२७६७७९,४२७६६४८
इमेल: info@watchdogmedia.com.np
netizennepal@gmail.com
सूचना विभाग दर्ता नं : १४९६/०७६–७७

सल्लाहकार : डा. पियूष राज मिश्र
अध्यक्ष : विनोद राज खनाल
सम्पादक : ओमप्रकाश घिमिरे
विषयवस्तु संयोजक : सन्तोष कुमार सुबेदी
संवाददाता : पार्वती अधिकारी
अंग्रेजी भाषा : कृतिका शर्मा
फोटोग्राफर: बिर बहादुर राना
मल्टिमिडिया : सुदीप सुनुवार
मार्केटिंग : परिक्रमा भट्टराई

ब्राउज गर्नुहोस्

  • pdf
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अन्य
  • आर्थिक
  • ईतिहास
  • उद्योग / व्यवसाय
  • कृषि
  • कोरोना साबधानी
  • खेलकुद
  • गतिविधि
  • गहन स्टोरी
  • घटना
  • दस्तावेज
  • धर्म संस्कृति
  • नेटिजन टिभी
  • नेटिजन मंच
  • नेटिजन विशेष
  • पर्यटन
  • फोटो
  • बजार
  • बाढी पहिरो
  • मनोरन्जन
  • मुख्य समचार
  • मौसम
  • राजनीति
  • वर्गीकृत
  • विकास / निर्माण
  • विचार
  • विज्ञान / प्रविधि
  • विपद
  • विश्लेषण
  • विश्व / रोचक
  • व्यक्तित्व
  • शिक्षा
  • संघियता
  • समसामयिक
  • स्वास्थ्य
  • हाम्रो नेपाल

भर्खरको समाचार

काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने

देउवाको यो हो नि दाउ

March 2, 2021
राष्ट्रिय संग्रहालय अबदेखि अनलाइनबाटै  अवलोकन गर्न सकिने  

राष्ट्रिय संग्रहालय अबदेखि अनलाइनबाटै अवलोकन गर्न सकिने  

March 2, 2021
दैनिक ३० किलो सुनको माग, आपूर्ति वृद्धि गर्न व्यवसायीको दबाब

दैनिक ३० किलो सुनको माग, आपूर्ति वृद्धि गर्न व्यवसायीको दबाब

March 2, 2021
एक रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ खर्च !

एक रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ खर्च !

March 2, 2021
  • आर्थिक
  • कृषि
  • सम्पर्क
  • हाम्रो नेपाल
  • हाम्रो बारेमा

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In