डोरी समातेर आत्महत्या गर्न तयार भएका १३ जनालाई प्रहरीले बचायो

नेटिजन नेपाल
काठमाडौं, भदौ ३१ गते । लकडाउनको समयमा नेपाल भरमा आत्महत्या गर्न खोज्ने १३ जनालाई प्रहरीले बचायो । सामाजिक संञ्जालमा आफुले आत्महत्या गर्न खोजेको भिडियो राख्ने १३ जनालाई प्रहरीले बचाएको प्रहरी प्रवक्ता कुँवेर कडायत बताउनुहुन्छ ।

sucide

पछिल्लो समय सामाजिक संञ्जालमा लाइभ गर्दैै आत्महत्याको घोषणा गर्नेक्रम बढेसँगै प्रहरीको साइबर अपराध नियन्त्रणमा खटिएको टोलिले निक्कै सक्रियता देखाएको छ । आत्महत्या घोषणा गर्ने क्रममा संञ्जालमै क्रियाशील भएपछि प्रहरीले सामाजिक संञ्जालमा निगरानी बढाउँदा आत्महत्याको तयारीमा डोरी समेत बोकेर बसेका १३ जनाको उद्धार गरेको कठायतले बताउनुभयो ।

उद्धार गरिएकाहरुलाई परामर्श पश्चात परिवारको जिम्मा लगाइएको छ । प्रहरीले यसअघि प्रहरीकै तल्लो युनिटको रुपमा रहेको प्रहरी चौकीहरुले समेत आत्महत्या रोकथाममा सक्रियता देखाउँदै आएका थिए । कोभिडको कारणले प्रहरीले नियमित रुपमा समुदायस्तरमा गर्दै आएको सचेतना कार्यक्रम भने लकडाउनपछि रोकिएका छन् । यसले समेत आत्महत्याका घटनाहरु बढ्न थालेका र आत्महत्या गर्न लाइभ भिडियोमा आउन थालेपछि प्रहरीले सामाजिक संञ्जालमा निगरानी समेत बढाउन थालेको हो ।

प्रहरीको तथ्याङ्क यो आर्थिक बर्षको साउन यतामात्रै ७०९ जनाले आत्महत्या गरिसकेका छन् । यो समयमा झुण्डिएर ५६१ र बिष सेवन गरेर १३७ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीको तंथ्याङ्गलाई आधार मान्ने हो लकडाउनको अवधिमा मात्र १६ सय ४७ ले आत्महत्या गरिसकेका छन् जुन् लकडाउन अगाडिको अवधिभन्दा २५ प्रतिशतले बढी हो ।

जिल्ला जिल्लामा प्रहरी कार्यालयहरुले ले आत्महत्या न्यूनीकरणको लागि समुदायस्तरमै पुगेर समुदाय प्रहरी कार्यक्रमहरु संचालन गरिरहेको थियो । तर कोभिडको कारणले छ महिनादेखि सचेतना कार्यक्रम संचालन हुन सकेका छैनन् प्रवक्ता कडायतले भन्नुभयो । ‘हामीले विद्यालयस्तरमा समेत पुगेर आत्महत्या निरुत्साहित गराउन कार्यक्रमहरु संचालन गरिरहेको थियौ तर त्यो अहिले रोकिएको छ’ उहाँले भन्नुभयो ।

नेपाल प्रहरीको महिला तथा बालबालिका शाखाको प्रमुख दुर्गा सिंहले आत्महत्या रोकथाम गर्नको लागि विद्यालयस्तरदेखिनै पाठ्यक्रममा मानसिक स्वास्थ्यको बिषय समेट्न आवश्यक रहेको बताउनुहुन्छ ।
‘हामीले अरु स्वास्थ्यको बारेमा निक्कै ख्याल गरेपनि मानसिक स्वास्थ्यको बारेमा ख्याल गर्न नसक्दा समस्या बढिरहेको छ’ उहाँले भन्नुभयो । बालबालिकालाई सकारात्मक तथा नकारात्मक कुराको बारेमा जानकारी दिने उदेश्यले विद्यालयस्तरमा संचालन भैरहेका कार्यक्रमहरु समेत गर्न नसक्दा असर देखा पर्न थालेको हुन सक्ने उहाँको अनुभव छ ।

सामाजिक रुपमै मानिसहरुलाई मानसिक स्वास्थ्यको बारेमा ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मानसिक स्वास्थ्य पछिल्लो सयम निक्कै समस्याको रुपमा विकास भैरहेकाले यसले आत्महत्याका घटनाहरुमा बृद्धि गराएकाले विद्यालयस्तरबाटै आत्महत्या निरुत्साहित गर्न मानसिक स्वास्थ्य बारेको पाठ्यक्रम आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपालीहरु सानो कुरामा पनि खुसी हुन्छन र नेपालीहरुले सामान्य रुपमा धेरै कुराको माफी दिने गर्छन् त्यसैले उहाँलाई समयमै परामर्श दिन सकेमा मानसिक रोगमा कम गर्न सकिने उहाँले बताउनुभयो ।
उहाँले जसरी अरु पाठ्यक्रम भएजस्तै मानसिक स्वास्थ्यको पनि पाठ्यक्रम विद्यालय स्तरबाटै आवश्यक रहेको उहाँ बताउनुहुन्छ । हाम्रो समाजमा पनि मनोरोगका लक्षण भएकाहरुलाई हौसला दिने, एक्लै नछाड्ने र व्यस्त बनाउने प्रयास गर्नु पर्नेमा उहाँको जोड थियो ।

बार्षिक छ हजारभन्दा बढिले गर्छन् आत्महत्या

नेपाल प्रहरीका अनुसार नेपालमा आर्थिक बर्ष ०७५/०७६ मा ६ हजार २७९ जनाले आत्महत्या गरे । त्यो मध्ये ५ हजार ३९ जनाले झुण्डिएर आत्महत्या गरे । एक हजार १४६ जनाले बिष सेवन गरे भने हाम फालेर ३४ जना र डुबेर २७ जनाले आत्महत्या गरे ।

आर्थिक बर्ष २०७६-०७७ मा ६ हजार २४१ जनाले आत्महत्या गरे । सबैभन्दा धेरै पाँच हजार १४ जनाले झुन्डिएर आत्महत्या गरे । त्यसमा बिष सेवन गरेर एक हजार ११६ जनाले आत्महत्या गरे। गोरखापत्र अनलाईनबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *