कोरोना अपडेट: थप १५ सय ३९ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ५८ हजार नाघे

नेटिजन नेपाल
काठमाडौँ, ३१ भदौ। पछिल्लो २४ घण्टामा १५ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो।

१६ हजार २ सय ४२ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना रहेका छन् । क्वारेन्टाइनमा ७ हजार ८२० जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार ४९४ पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ। नेपालमा कोरोनाबाट हालसम्म ३७९ जनाको मृत्यु भएको छ। बुधबार मात्रै थप ८ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *