ओ ! मास्कवाली

सविन लामिछाने 

काठमाडौंको धुलोले भनौं या आफ्नो जोबन ढाक्न
उनी सधै त्यो सेतो माक्समा हुन्थिन….
म मान्दिन कि कसैले यदि आकर्षण प्रेम हैन भन्छ भने,
हो आकर्षण प्रेम हैन तर प्रेमको सुरुवात भने पक्कै हो..
सायद यो प्रेम नै थियो होला…
कुर्था सुरुवाल , लामो कम्मर छुने कपाल अनि एउटा ठूलो कालो ब्याग…
अनि यी सबै माथी नाक र मुख ढपक्क छोपिने गरि लगाएको सेतो माक्स !

म उन्का यी सबै चिजसंग प्रेम गर्न पुगे…
माक्स बिच 120 को speed मा दायाँ अनि बायाँ गर्ने उन्का ती ठुला आँखा…
यी आखा मै संसार थियो ब्रह्माण्ड थियो, अनि मैले देखेको स्वर्ग थियो
ती स्वर्ग जहाँ म आफ्ना अनगिन्ती सपना हरु बुन्थ्ये…
साझ को ५:३० , सबै जना आफ्नो काम सकेर घर फर्कन हतारमा हुन्थ्ये…
कोहि माइक्रोको पर्खाइमा हुन्थ्ये…
कोहि सिट नपाएर ढोकासम्म झुन्डिन्थ्ये..
कसैका श्रीमान बाइकमा लिन आउथ्ये त
कसैका श्रीमान अर्कै कि श्रीमतीसम्म लाई लिफ्ट दिदै हुन्थे..
म पनि के कम
उहीँ माक्स वालीको प्रतीक्षामा बसि दिन्थ्ये….
उनी आउथिन अनि अलि पर उभिएर एउटा हातले अर्को हातको नङ चिमटेर बस्थिन..
उहीँ कुर्था…
उहीँ ठूलो ब्याग…
अफ्रिकाको जङ्गलजस्तै फैलिएको कपाल..
अनि त्यो सेतो माक्स…
अनि माक्स बिच 120 को speed मा सलबलाउने उन्का आँखा,,,
पटक -पटक आँखा जुद्ने कोशिस भन्दा पनि
म जुधाउने कोशिस गर्थें…
मन मा छुट्टै डर हुने गर्थ्यो…
नारी माथी अत्याचार वाला समाचार सुन्थ्ये…
अनि एक्कासि मन मा डर उत्पन्न हुन्थ्यो…
कतै आँखा जुधाएर चप्पल त भेटिने हैन ,
कतै जिस्काएको भनेर public धुलाइ त भेटिने हैन…
तर पनि मैले हेर्न छाडिन..
सायद उनी आँखा जुद्धा मुस्कुराउथिन होला..
तर त्यो बैमानि माक्स ले छेकी दिन्थ्ये…
अह ! साच्ची मुस्कुराउदा कस्तो देखिन्छिन होला ??
मन मा कुरा खेल्थ्ये…

साझ को ४-५ बज्दै जानू…
उहीँ बस स्टप को झ-झल्को आउनु…
बाहिर चहलपहल बड्दै जानू…
अनि हतार हतार उहीँ ठाउँ जानू …
जहाँ कहिले म त कहिले उनी अगाडि आइ पुगेकी हुन्थिन…
सायद उनी पनि मलाइ कुर्थिन होला..
कहिले काहीँ अलि टाढै बाट हेर्न मन लाग्थ्यो लुकि लुकि..
उनी पनि भिड भाड बिच केही तन्किएर ती खुट्टा लाई अलि
माथी उठाएर , सायद मलाइ नै हेर्थिन होला…
जब म नजिकै पुग्थें…उनी फेरि उस्तै, बिलकुल मुर्ति जस्तै

उनी जाने माइक्रो हुत्तिएर आउथ्यो…
टपक्क टिप्थ्यो
अनि एक नजर पनि म तिर नफर्काइ फेरि हुत्याउथ्यो..
अनि म एक्लै बसि कान मा ear-phone हाल्दै यो सोची दिन्थ्ये
कहिले काहीँ काश येस्तो भै दियोस,
..उनी उभिएको ठाउँबाट म तिर आइ दिउन…
सगै बसि दिउन…
ती 120 को speed मा दौडने आँखा म तिर रफ्तार बढाउन…
बिस्तारै बिस्तारै म तिर सर्दै आइदिउन…
भिरेको त्यो ठूलो कालो ब्याग लाइ तल झार्दै.
अझै केही नजिक आइदिउन…
ती हप्तौ अनि महिनौं देखि लगाइएका माक्स एकाएक खुलुन..
अनि…उन्का कान्छी औला ले मेरा कान्छी औलासंग अङ्गालो मार्दै
मेरो दिल को धड्कन बढाउदै उन्को दिलले दिलैदेखि भनुन…
I Like You
जुन शब्द सुन्न मैले अझै बर्सौ कुर्नु पर्थ्यो,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *