Saturday, March 6, 2021
  • Login
Netizen Nepal
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
Netizen Nepal
No Result
View All Result
Home घटना

पीएसंगको झगडाले प्रदेश प्रमुखको बर्खास्ती

नेटिजन नेपाल by नेटिजन नेपाल
February 20, 2021
in घटना, नेटिजन मंच, राजनीति, वर्गीकृत, समसामयिक, हाम्रो नेपाल
0
राष्ट्रपतिद्वारा प्रदेश-२ प्रमुख तिलक परियार पदमुक्त
12
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

नेटिजन नेपाल
काठमाडौं,८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख  एक मात्र दलित र कम्युनिस्ट आन्दोलनका अथक यात्री तिलक परियारलाई मन्त्रिपरिषद्को सिफारिशमा ८ फागुनमा पदमुक्त गर्नुभएको छ । 

संविधानमा प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले पदमुक्त गरेमा पद रिक्त हुने व्यवस्था छ । यद्यपि परियारलाई हठात् पदमुक्त गर्नुको कारण भने खुलाइएको छैन ।परियारको सचिवालयले भने राजनीतिक प्रतिशोधका कारण हटाइएको प्रतिक्रिया दिनुभएको छ । प्रमुख स्वकीय सचिव पदमबहादुर बिकले परियारको बर्खास्तीलाई संघीयतालाई कमजोर बनाउने प्रारम्भिक संकेतका रूपमा बुझ्नुपर्ने बताएका छन् ।

‘तपाईलाई पनि थाहा छँदैछ, कतिलाई संघीयता मन परेको थिएन, त्यसैले कमजोर ठाउँमा प्रहार गरौँ न त भन्ने लागेको होला । अर्को कुरा यसलाई प्रतिनिधिसभा विघटनको शृंखलाकै रूपमा पनि हेर्नुपर्ने हुन्छ ।’

उनले अहिलेको घटनाक्रमलाई राजनीतिक परिस्थितिको उपजका रूपमा समेत हेर्नुपर्ने बताए । ‘उहाँले अत्यन्तै सन्तुलनकारी भूमिका निभाउनुभएको थियो, कुनै गुट वा उपगुटमा नलागी आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । सायद अहिलेको राजनीतिक परिस्थिति हेरेर हटाइयो होला,’ उनले भने ।

परियार २०७६ कात्तिकमा प्रदेश प्रमुख नियुक्त हुनुभएको थियो । त्यतिबेला प्रदेश प्रमुखको नियुक्तिमा पूर्वएमाले र पूर्वमाओवादीबीच भागबण्डा गरिएको थियो । परियार तत्कालीन माओवादीका नेता हुन् । त्यसैले प्रधानमन्त्री ओली निकट दुई मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा (प्रचण्ड–नेपाल) लाई ‘देखाइदिन’ परियारलाई हटाइएको अड्कल लगाइएको छ ।

केही दिनअघि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र परियारका स्वकीय सचिव अनिल पासवानबीच भएको झगडापश्चात् परियारलाई निशाना बनाइएको कतिपयको अनुमान छ । बिकले भने त्यहि विवादलाई आधार बनाएर हटाइएको भए त्योभन्दा कमजोर मानसिकता के होला ? भनेर प्रश्न गरेका छन् ।

‘राजनीतिक छलफलका क्रममा भएका त्यस्ता कुराकानीलाई आधार मानेर प्रदेश प्रमुखलाई जोड्न मिल्छ ? यदि त्यहि कारण हो भने त्योभन्दा विडम्बना अरु केही हुनै सक्दैन’ उनले भने ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा परियारलाई हटाएपछि रौतहटका राजेश अहिराज झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको जनाइएको छ । जनआस्थाबाट 

नेटिजन नेपाल

नेटिजन नेपाल

पिसिआर परिक्षण शुल्क  रू  १००० मा  झर्यो   

साढे ३ लाख डोज खोप आइतबार नेपाल आइपुग्‍ने, प्रधानमन्त्री ले पनि खोप लगाउने

March 6, 2021
2
कोमल ओली  पन्तविरुद्ध  अदालत  जाने

मैले पार्टीलाई गीत गाएर योगदान गरेको छु : कोमल वली

March 6, 2021
17
दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने   

फागुन २३ देखि दोस्रो चरणको खोप अभियान शुरु , प्राथमिक उमेर समुहमा हेरफेर

March 5, 2021
13
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने नयाँ जुक्ति, यसरी हुदैछ काम (फोटो फिचर)

फागुन २३ देखि नारायणगढ–मुग्लिन सडक एक हप्ता बन्द हुने 

March 5, 2021
225
कोरोना खोप : १६ जिज्ञासा, १६ जवाफ

कोरोना खोप : १६ जिज्ञासा, १६ जवाफ

March 5, 2021
98
सगरमाथाको उचाइ  फेरिएको हो ? ६ महिनामा आउँदै छ नतिजा

बहराइनका राजकुमारले सगरमाथा आरोहन गर्दै

March 5, 2021
39
Netizen Nepal

सम्पर्क:
वाचडग मिडिया सर्भिसेज प्रा.लि. ( नेटिजननेपाल डट् कम)
कामनपा १३, रविभवन, काठमाडौं
सम्पर्क नं : ४२७६७७९,४२७६६४८
इमेल: info@watchdogmedia.com.np
netizennepal@gmail.com
सूचना विभाग दर्ता नं : १४९६/०७६–७७

सल्लाहकार : डा. पियूष राज मिश्र
अध्यक्ष : विनोद राज खनाल
सम्पादक : ओमप्रकाश घिमिरे
विषयवस्तु संयोजक : सन्तोष कुमार सुबेदी
संवाददाता : पार्वती अधिकारी
अंग्रेजी भाषा : कृतिका शर्मा
फोटोग्राफर: बिर बहादुर राना
मल्टिमिडिया : सुदीप सुनुवार
मार्केटिंग : परिक्रमा भट्टराई

ब्राउज गर्नुहोस्

  • pdf
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अन्य
  • आर्थिक
  • ईतिहास
  • उद्योग / व्यवसाय
  • कृषि
  • कोरोना साबधानी
  • खेलकुद
  • गतिविधि
  • गहन स्टोरी
  • घटना
  • दस्तावेज
  • धर्म संस्कृति
  • नेटिजन टिभी
  • नेटिजन मंच
  • नेटिजन विशेष
  • पर्यटन
  • फोटो
  • बजार
  • बाढी पहिरो
  • मनोरन्जन
  • मुख्य समचार
  • मौसम
  • राजनीति
  • वर्गीकृत
  • विकास / निर्माण
  • विचार
  • विज्ञान / प्रविधि
  • विपद
  • विश्लेषण
  • विश्व / रोचक
  • व्यक्तित्व
  • शिक्षा
  • संघियता
  • समसामयिक
  • स्वास्थ्य
  • हाम्रो नेपाल

भर्खरको समाचार

पिसिआर परिक्षण शुल्क  रू  १००० मा  झर्यो   

साढे ३ लाख डोज खोप आइतबार नेपाल आइपुग्‍ने, प्रधानमन्त्री ले पनि खोप लगाउने

March 6, 2021
कोमल ओली  पन्तविरुद्ध  अदालत  जाने

मैले पार्टीलाई गीत गाएर योगदान गरेको छु : कोमल वली

March 6, 2021
दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने   

फागुन २३ देखि दोस्रो चरणको खोप अभियान शुरु , प्राथमिक उमेर समुहमा हेरफेर

March 5, 2021
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने नयाँ जुक्ति, यसरी हुदैछ काम (फोटो फिचर)

फागुन २३ देखि नारायणगढ–मुग्लिन सडक एक हप्ता बन्द हुने 

March 5, 2021
  • आर्थिक
  • कृषि
  • सम्पर्क
  • हाम्रो नेपाल
  • हाम्रो बारेमा

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In