Saturday, March 6, 2021
  • Login
Netizen Nepal
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी
No Result
View All Result
Netizen Nepal
No Result
View All Result
Home अन्य

गर्भपतन गराउनेहरुमा अधिकांश किशोरी

नेटिजन नेपाल by नेटिजन नेपाल
February 22, 2021
in अन्य, गतिविधि, घटना, मुख्य समचार, वर्गीकृत, समसामयिक, स्वास्थ्य
0
चाहाना छोराको, मृत्यु छोरीको
60
SHARES
199
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश अधिकारी
कर्णाली, १० फागुन । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग प्रेम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच प्रेम सम्बन्ध टिकेन । प्रेमीले धोका दिएपछि २०७६ साल माघमा ती किशोरी वीरेन्द्रनगरस्थित एक क्लिनिकमा गर्भपतन गराउन बाध्य हुनुभयो । गर्भपतन गराउँदा उहाँको पेटमा आठ हप्ताको गर्भ थियो । गर्भपतनका साथै प्रेमीको मायाप्रेमबाट टाढिनुपर्दा ती किशोरी शारीरिक तथा मानसिकरूपले विक्षिप्त हुनुभयो । उहाँले अहिले रोकिएको पढाइलाई निरन्तरता दिनुभएको छ ।

लहैलहैमा लागेर किशोरीले प्रेम सम्बन्ध राख्ने र प्रेमीबाट धोका पाएपछि गर्भपतन गराउने प्रवृत्तिका कारण गम्भीर स्वास्थ्य समस्या निम्तिने गरेको छ । उचित परामर्श नपाउँदा यस्तो अवस्थामा कतिपय किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुगेका उदाहरण पनि छन् । टिपिओ नेपाल सुर्खेतका मनोपरामर्शकर्ता शर्मिला बिसी किशोरीमा गर्भ निरोधकका अस्थायी साधन प्रयोगको कमी हुँदा गर्भपतन गराउनुपर्ने अवस्था निम्तिने गरेको बताउनुहुन्छ ।

“ग्रामीण परिवेशमा अविवाहित किशोरीले अस्थायी साधन प्रयोग गर्न सक्ने वातावरण हुँदैन, समाजले देख्ला भन्ने डर हुन्छ, पुरुषले सजगता अपनाउनुपर्ने हो तर उनीहरुमा वास्तै हुँदैन, त्यसको सिकारमा किशोरी- महिला पर्ने गर्छन्, उहाँ भन्नुहुन्छ,“जसले गर्दा महिलाहरु गर्भपतन गराउन बाध्य हुन्छन्, अझ असुरक्षित तवरले गर्भपतन गराउन खोज्नेको ज्यानै जोखिममा पर्ने पर्दछ ।” यसले कतिपय महिलामा डिप्रेसन (मानसिक अवसाद)को समस्या देखापर्ने गरेको छ ।

मनोपरामर्शकर्ता शर्मिलासँग बन्दाबन्दीका बेला पूर्वी सुर्खेतको एक किशोरीलाई आत्महत्या गर्नबाट जोगाएको अनुभव छ । “स्नातक तहमा पढ्ने अविवाहित ती किशोरी पनि आफ्ना प्रेमीबाट धोका पाएपछि निकै तनावमा पर्नुभयो, टिपिओ नेपालको हेल्पलाइनमा सम्पर्कमा आएपछि हामीले काउन्सिलिङ गर्यौं ”, शर्मिला भन्नुहुन्छ, “गर्भपतनको कुरा घर–परिवारबाट गोप्य राख्नुपर्दा उचित खानपिन र आरामको कमीले उहाँ अझै तङ्ग्रिन सक्नुभएको छैन ।”

यही जेठमा वीरेन्द्रनगरस्थित एक क्लिनिकमा ती किशोरीले अढाइ महिनाको भ्रूणको गर्भपतन गराउनुभएको थियो । उहाँलाई अहिले योनीबाट सेतो पानी बग्ने र महिनावारीमा गडबडी हुने समस्या छ । शर्मिला भन्नुहुन्छ, “सायद हाम्रो सम्पर्कमा नआएको भए ती किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुग्नुहुन्थ्यो किनकी अविवाहितले बच्चा जन्माएको समाजले स्वीकार गर्दैन ।”

गर्भपतन गराउने किशोरी उमेरको सूचीमा विवाहित पनि छन् । नेपालको कानूनअनुसार महिलाको विवाहयोग्य उमेर २० वर्ष हो । त्यसैले सचेतनाका लागि भन्ने गरिन्छ, ‘बिहेवारी २० वर्ष पारि’ तर कर्णालीमा उमेर नपुगी गरिने बिहेअर्थात् बालविवाहको प्रचलन कायमै रहँदा कतिपय किशोरी उमेर नपुग्दै गर्भपतन गराउनुपर्ने बाध्यतामा पुग्ने गरेका छन् । तत्काल सन्तान जन्माउने रहर नहुनु, पहिलो सन्तान छोरा चाहनु, पढाइ तथा वृत्तिविकासमा असर पर्नेजस्ता कारण देखाएर किशोरी उमेर समूहका महिलाले गर्भपतन गराउने गरेको पाइएको छ । पे्रमीबाट धोका पाउनु, हाडनाता करणीबाट गर्भ रहनुले पनि कतिपय किशोरी गर्भपतन गराउने बाध्यतात्मक अवस्थासम्म पुगेका हुन्छन् ।

सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स सेन्टर सुर्खेतका अनमी काउन्सिलर मीना आचार्य पहिलो सन्तान नजन्माई गर्भपतन गराउँदा जटिल स्वास्थ्य समस्या निम्तिने बताउनुहुन्छ । “पहिलो सन्तान नजन्माई गर्भपतन गराउनु भनेको जोखिमपूर्ण कार्य हो, यसले बाँझोपन बढाउने खतरा रहन्छ”, उहाँले भन्नुभयो, “सुरक्षित गर्भपतनसम्बन्धी कानूनी व्यवस्था र सेवाको सहज उपलब्धताका कारण हामीकहाँ गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रूपमा बुझ्ने गरिएको छ, जसले गर्दा महिलाको स्वास्थ्यमा जटिल समस्या देखिने सम्भावना प्रबल हुन्छ ।” उमेर नपुग्दै गरिने गर्भपतनले महिला मानसिक तथा शारीरिकरूपले कमजोर हुनुका साथै रगतको कमी हुने, बच्चा जन्माउन गाह्रो हुने र गर्भपतनपछि उपचारमा जटिलता हुने गरेको उहाँको भनाइ छ ।

२० प्रतिशत किशोरी

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका अनुसार सुरक्षित गर्भपतन गराउने महिलामध्ये बर्सेनि १० देखि २० प्रतिशतसम्म किशोरी छन् । आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म कर्णाली प्रदेशमा पाँच हजार ७४२ महिलाले सुरक्षित गर्भपतन सेवा लिए । तीमध्ये ७७६ जना २० वर्षभन्दा कम उमेरका थिए । विसं २०७५-०७६ को सोही अवधिमा पाँच हजार ७४१ मध्ये ९१२ जना किशोरी थिए ।

त्यस्तै २०७६ देखि २०७७ असोजसम्म सुरक्षित गर्भपतन सेवा लिनेमध्ये ५८६ जना २० वर्षभन्दा कम उमेर समूहका थिए । विसं २०७६-७७ को उक्त अवधिमा कोरोना भाइरसका कारण ‘लकडाउन’ भएपछि यो सेवा लिने महिलाको सङ्ख्यामा केही कमी देखिए पनि अघिल्ला दुई वर्ष बढ्दो दरमा रहेको पाइएको छ ।

मेरी स्टोप्स सेन्टर सुर्खेतले सुरक्षित गर्भपतन गराउन आउने महिलाहरुमा १६ देखि २४ वर्षसम्मका बढी रहेको जनाएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कानूनमा १८ वर्षभन्दा कम उमेरकी गर्भवती महिलाको हकमा निजको सर्वोत्तम हितलाई ध्यानमा राखी सुरक्षित गर्भपतन सेवा प्रदान गर्नुपर्ने उल्लेख छ तर सोभन्दा कम उमेर समूहका गर्भवती महिलाले गर्भनिरोधक अस्थायी साधन प्रयोग गर्नुको साटो गर्भपतनलाई जोड दिँदा उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

कानूनमा गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन सक्ने उल्लेख छ । त्यस्तै गर्भपतन नगराएमा महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्छ भनी इजाजतप्राप्त चिकित्सकले राय दिएमा, जबर्जस्ती करणी वा हाडनाता करणीमा रहन गएको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिको निको नहुने रोग लागेको महिलाको गर्भ, गर्भमै भ्रूण नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कारणले भ्रूणमा अशक्तता हुने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकको रायबमोजिम गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था छ । रासस। 

 

Tags: किशोरीगर्भपतनमहिला
नेटिजन नेपाल

नेटिजन नेपाल

पिसिआर परिक्षण शुल्क  रू  १००० मा  झर्यो   

साढे ३ लाख डोज खोप आइतबार नेपाल आइपुग्‍ने, प्रधानमन्त्री ले पनि खोप लगाउने

March 6, 2021
2
कोमल ओली  पन्तविरुद्ध  अदालत  जाने

मैले पार्टीलाई गीत गाएर योगदान गरेको छु : कोमल वली

March 6, 2021
17
दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने   

फागुन २३ देखि दोस्रो चरणको खोप अभियान शुरु , प्राथमिक उमेर समुहमा हेरफेर

March 5, 2021
13
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने नयाँ जुक्ति, यसरी हुदैछ काम (फोटो फिचर)

फागुन २३ देखि नारायणगढ–मुग्लिन सडक एक हप्ता बन्द हुने 

March 5, 2021
225
कोरोना खोप : १६ जिज्ञासा, १६ जवाफ

कोरोना खोप : १६ जिज्ञासा, १६ जवाफ

March 5, 2021
98
सगरमाथाको उचाइ  फेरिएको हो ? ६ महिनामा आउँदै छ नतिजा

बहराइनका राजकुमारले सगरमाथा आरोहन गर्दै

March 5, 2021
39
Netizen Nepal

सम्पर्क:
वाचडग मिडिया सर्भिसेज प्रा.लि. ( नेटिजननेपाल डट् कम)
कामनपा १३, रविभवन, काठमाडौं
सम्पर्क नं : ४२७६७७९,४२७६६४८
इमेल: info@watchdogmedia.com.np
netizennepal@gmail.com
सूचना विभाग दर्ता नं : १४९६/०७६–७७

सल्लाहकार : डा. पियूष राज मिश्र
अध्यक्ष : विनोद राज खनाल
सम्पादक : ओमप्रकाश घिमिरे
विषयवस्तु संयोजक : सन्तोष कुमार सुबेदी
संवाददाता : पार्वती अधिकारी
अंग्रेजी भाषा : कृतिका शर्मा
फोटोग्राफर: बिर बहादुर राना
मल्टिमिडिया : सुदीप सुनुवार
मार्केटिंग : परिक्रमा भट्टराई

ब्राउज गर्नुहोस्

  • pdf
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अन्य
  • आर्थिक
  • ईतिहास
  • उद्योग / व्यवसाय
  • कृषि
  • कोरोना साबधानी
  • खेलकुद
  • गतिविधि
  • गहन स्टोरी
  • घटना
  • दस्तावेज
  • धर्म संस्कृति
  • नेटिजन टिभी
  • नेटिजन मंच
  • नेटिजन विशेष
  • पर्यटन
  • फोटो
  • बजार
  • बाढी पहिरो
  • मनोरन्जन
  • मुख्य समचार
  • मौसम
  • राजनीति
  • वर्गीकृत
  • विकास / निर्माण
  • विचार
  • विज्ञान / प्रविधि
  • विपद
  • विश्लेषण
  • विश्व / रोचक
  • व्यक्तित्व
  • शिक्षा
  • संघियता
  • समसामयिक
  • स्वास्थ्य
  • हाम्रो नेपाल

भर्खरको समाचार

पिसिआर परिक्षण शुल्क  रू  १००० मा  झर्यो   

साढे ३ लाख डोज खोप आइतबार नेपाल आइपुग्‍ने, प्रधानमन्त्री ले पनि खोप लगाउने

March 6, 2021
कोमल ओली  पन्तविरुद्ध  अदालत  जाने

मैले पार्टीलाई गीत गाएर योगदान गरेको छु : कोमल वली

March 6, 2021
दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने   

फागुन २३ देखि दोस्रो चरणको खोप अभियान शुरु , प्राथमिक उमेर समुहमा हेरफेर

March 5, 2021
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने नयाँ जुक्ति, यसरी हुदैछ काम (फोटो फिचर)

फागुन २३ देखि नारायणगढ–मुग्लिन सडक एक हप्ता बन्द हुने 

March 5, 2021
  • आर्थिक
  • कृषि
  • सम्पर्क
  • हाम्रो नेपाल
  • हाम्रो बारेमा

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

No Result
View All Result
  • गृह पृष्ठ
    • हाम्रो समूह
    • हाम्रो बारेमा
      • सम्पर्क
  • मुख्य समाचार
  • समसामयिक
    • राजनीति
    • गतिविधि
  • आर्थिक
    • उद्योग / व्यवसाय
    • बजार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • हाम्रो नेपाल
    • ईतिहास
    • दस्तावेज
    • संघियता
  • विचार
    • अन्तर्वार्ता
    • विश्लेषण
  • फोटो
  • अन्य
    • धर्म संस्कृति
    • मनोरन्जन
    • विश्व
    • व्यक्तित्व
    • स्वास्थ्य
  • विपद
  • नेटिजन टिभी

© 2020 Netizen Nepal - Powered by Mango Software Solutions.

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In