नेटिजन नेपाल
काठमाडौँ, ११ फागुन । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ ।
डा. भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना हुनुभएको हो ।
भट्टराईका प्रेस सल्लाहाकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ ।
डा. भट्टराई स्वास्थ्य उपचारका लागि गत आइतबार दिल्लीजानुभएको थियो । उहाँ लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ ।
चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उपचार गर्न दिल्ली गएको भट्टराईको सचिवालयले जनाएको छ ।