प्रधानमन्त्री र ‘रअ’ प्रमुख बीचको भेट कुटनीतिक आचारसंहिता बिपरीत: नेकपा प्रवक्ता श्रेष्ठ

नेटिजन नेपाल
काठमाडौँ, ९ कात्तिक। प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोएलबीच भएको भेट कुटनीतिक आचारसंहिता बिपरीत भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ।

narayankaji shrestha

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले यस्तो किसिमको भेटले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुने बताउनुभो।

‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता बिपरीतको यस्तो भेट किन ?’, उहाँले लेख्नुभएको छ, ‘यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ।’

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग भेट हुनेबारे पार्टीमा कुनै जानकारी नभएको बताउनुभएको छ। ‘हाम्रो पार्टीलाई यसबारे कुनै पूर्व जानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवम् औपचारिक छलफल भएको छैन’,फेसबुकमा भनिएको ।

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीच बुधबार प्रधानमन्त्री निवासमा भेटवार्ता भएको थियो । बुधबार नै आएका ‘रअ’ प्रमुख करिब २२ घण्टापछि बिहीबार भारत फर्किनुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *