कोरोना कहरका बिचमा पनि मनाइयो दशैं

नेटिजन नेपाल
काठमाडौँ, १० कात्तिक । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन ।

यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण विगत वर्षभन्दा कम चहलपहल देखिएको हो । राजधानीमा प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अपनाएर घर घरमा टीका लगाउँदैछन् । कोरोनाको त्रासकै कारण यो वर्ष राजधानीबाट आ–आफ्नो थातथलोमा दशैँ मनाउन जाने पनि कम नै भएका थिए । टीका लगाउन हिँड्नेहरु पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गर्दै हिँड्ने गरेका छन् ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान १०ः१९ बजेको साइत उत्तम रहेको भनी निर्णय गरेको थियो । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उहाँले भन्नुभयो ।

दशैं महिमा
बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो।दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ ।

बडादशैं नेपालीहरुको महान चाड हो । दशै नेपालको वार्षिक क्यालेन्डरमा सबभन्दा लामो र सबैभन्दा धेरै शुभ पर्व हो, जुन देशभरिका सबै जाति र हिन्दु धर्मका नेपालीहरूले मनाउँछन् । राष्ट्रिय चाड दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमासम्म मनाउने गर्छन् । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ ।

हिन्दुहरुको महान् चाड दशैंको नवरात्रमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीहरु शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा-आराधना गरिन्छ । यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ । नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ ।

यसैले भक्तजनहरू आफ्नो मनको इच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्रमा नवदुर्गा अर्थात् माता भगवतीको नौ रूपको पूजाआरधना गर्बे गर्छन । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।

सांस्कृतिक महत्व
बिजया दशमी हिन्दु नेपालीहरुको एक विशेष चाड हो । यो हरेक वर्षको एकचोटी मनाउने गरिन्छ । यो चाडलाई राष्ट्रिय चाड पनि भनिन्छ । दशैँको समयमा हामी नयाँ लुगाहरु किन्ने र घरका अन्य समानहरु पनि किन्ने गरिन्छ ।

आफन्तजनहरुसँग भेटघाट गर्ने र संगै बसेर खाएर रमाइलो गर्ने गरिन्छ । वडादशैँमा आफ्नो देश भन्दा बाहिर रहेका मानिसहरु पनि दशैको लागि विदा लिएर मनाउनको लागि आउने गरिन्छ । विशेषगरी काठमाडौंमा बसोबास गर्दै आएका मानिसहरु पनि दशैँमा आफ्नो घर जानेको भिडभाड निकै धेरै हुन्छ । प्रत्यक वर्ष राजधानीदेखि बाहिरिने मानिसहरु निकै धेरै हुन्छन् । दशैँमा आफुलाई जे मनलाग्छ त्यहि खाने पिउने गरेर रमाइलो गरिन्छ भने कतिपय मानिसहरु घुम्नको लागि जाने गरिन्छ ।

यो चाडमा आ-आफ्नो इक्षानुसार खसी, कुखुरा, बंगुर र भैंसीको मासु खाने गरिन्छ । दशै हिन्दू धर्मालम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखी नवमीसम्म शक्तिकी देबी दुर्गामाताको पुजा-आराधना गरी दशमीको दिन दशमीको टिका–प्रसाद ग्रहण गर्ने गरिन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

विजयादशमीको दिन महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दुर्गाले दैत्य चण्ड-मुण्ड तथा शुम्भ-निशुम्भलाई बध गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । अष्विन शुक्ल प्रतिपदाको दिन लाई घटस्थापना भनिन्छ । दुर्गा मातालाई मन पर्ने बनस्पति जमरा पनी भएकोले जमरा उमार्ने गरिएको हो । हाम्रो धर्म संस्कृति अनुसार घट कलशमानै सम्पूर्ण देबी-देबता, सप्तद्वीप, सप्तसागर, सम्पूर्ण तीर्थहरु निहित छन । जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। यिनैआधारहरूका कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो ।

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

सामाजिक महत्व

दशैँ विशेष गरेर हिन्दु नेपालीहरुको राष्ट्रिय चाड हो । यो चाडमा आफन्तजनहरु सबै भेला भएर मनाउने गरिन्छ । दशै आश्विन शुक्लपक्ष प्रतिपदा घटस्थापना देखि सुरु भएर कोजगात पूर्णिमा सम्म (१५दिनलाई) बिजया दशमी अथवा दशै भनिन्छ । यो चाडमा आफ्ना नाता कुटुम्ब, ठुलाबडा, मान्यजनहरुबाट टिका तथा जमरा लगाई आशिर्बाद ग्रहण गरिन्छ ।

मिठो खाने खुवाउने, राम्रो लाउने, घरआँगन, बाटोघाटो, गाऊ टोल सफा सुग्गर राख्ने जस्ता कार्य एहि दशैमा गरिन्छ । बर्खाभरीको हिलाम्मे सरीर यसबेला सुकिलो हुँदै घरभरी अनाज हुँदा उसको खुसीको सीमा नै हुँदैन । यसै खुसीको अबसरमा नै भगवानको कृपा मानी देबी देबताको पूजा गरी दशैलाई अरु बिशेष रुपमा मनाइन्छ । बिभिन्न किसिमका रमाइलो गर्ने पिङ्ग खेल्ने साथीसंगी आफन्तहरुसँग भेटघाट गर्ने हुँदा एक आफन्तमा भाईचाराको सम्बन्ध बढ्दै जाने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *