• बिहीबार, १३ बैशाख, २०८१
  • ०४:३२:३६

महोत्तरी -३: महन्थ ठाकुर ८८ मतले अगाडी 

  • Netizen Nepal
  • बिहीबार, ८ मङ्सिर, २०७९- १०:११:००/ Thursday 11-24-22

नेटिजन संवाददाता 
काठमाडौँ, ८ मङ्सिर । महोत्तरी-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का नेता हरिनारायण यादवबीच रोचक प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार लोसपाका अध्यक्ष ठाकुरले झिनो मतले अग्रता लिनुभएको छ ।

ठाकुरको मत ७ हजार ४ सय ७२ छ भने यादवको मत ७ हजार ५ सय ६० छ । ठाकुरले ८८ मतले मात्रै अग्रतालिनुभएको छ ।

गणना सुरु भएदेखि नै अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार रामाअधार कापर पनि ठाकुर र यादवसँगै प्रतिस्पर्धामा छन् । कापरले ७ हजार ३६ मतसँगै पछ्याइरहेका छन् ।