• शनिबार, ८ बैशाख, २०८१
  • ०२:४३:१५

शशांक कोइराला चौंथोपटक निर्वाचित 

  • Netizen Nepal
  • बिहीबार, ८ मङ्सिर, २०७९- १३:३६:००/ Thursday 11-24-22

नेटिजन संवाददाता 
काठमाडौँ, मङ्सिर । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटकका लागि उम्मेदवार बनेका कांग्रेस नेता डा. शशांक कोइराला विजयी हुनुभएको छ ।  उहाँले एमालेका कृष्ण पौडललाई २ हजार ८२ मतान्तरले पराजित गर्नुबहेको हो ।

कोइराला यो क्षेत्रबाट लगातार चौथो पटक निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कोइराला २०६४, ७० , ७४ र यो पटक गरी एउटै निर्वाचन क्षेत्रबाट लगातार विजयी हुनुभएको हो । उहाँले यसपटक एमालेका पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतमसँग त्रिपक्षीय प्रतिस्पर्धा गर्नु परेको थियो ।

निर्वाचन कार्यालयका अनुसार कोइरालाले २७ हजार १ सय २७, एमालेका पौडेलले २५ हजार ४३ र राजन गौतम ( रास्वपा)ले २३ हजार ३ सय १ मत ल्याएका छन् । कोइराला उम्मेदवार बनेको क्षेत्रमा २०४८ सालपछि लगातार कांग्रेसले जित्दै आएको छ ।