• शुक्रबार, ७ बैशाख, २०८१
  • ०३:१७:३१

सुजाता कोइरालालाई हराउँदै मोरङ- २ मा एमालेका पोख्रेल विजयी  

  • Netizen Nepal
  • शनिबार, १० मङ्सिर, २०७९- ०९:४१:००/ Saturday 11-26-22

नेटिजन संवाददाता 
काठमाडौँ, १० मङ्सिर । मोरङ क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । कांंग्रेसकी सुजाता कोइरालालाई १ हजार २ सय ८ मतले हराएका पोखरेलले ३३ हजार १ सय ४८ मत पाउँदा कोइरालाले ३१ हजार ९ सय ४० मत ल्याउनुभयो ।

पोखरेल यसअघि २०७० को संविधानसभा सदस्यमा पनि यो क्षेत्रबाट विजयी हुनुभएको थियो । उहाँ अघिल्लो निर्वाचनमा कांंग्रेसका मिनेन्द्र रिजालसँग पराजित हुनुभएको थियो ।