• बिहीबार, १३ बैशाख, २०८१
  • ०२:४०:३२

मुगुमा कांग्रेसका शाही फराकिलो मतान्तरले विजयी

  • Netizen Nepal
  • शनिबार, १० मङ्सिर, २०७९- १२:४९:००/ Saturday 11-26-22

नेटिजन संवाददाता 
काठमाडौँ, १० मङ्सिर । हिमाली जिल्ला मुगुमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनतर्फका साझा उम्मेदवार नेपाली कांग्रेसका ऐनबहादुर शाही फराकिलो मतान्तरले विजयी हुनुभएको छ । 

उहाँ ३ हजार ९ सय ९४ मतले एमालेका राजबहादुर कार्कीलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । शाही १४ हजार ७ सय २ मत ल्याएर विजयी हुनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गर्नुभएको छ । मुगुमा मतदाता संख्या ३५ हजार ४ सय ८५ मध्ये २६ हजार ६ सय १५ मत खसेको थियो ।