• शुक्रबार, ७ बैशाख, २०८१
  • १२:५४:३८

सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय 

  • Netizen Nepal
  • आइतबार, ११ मङ्सिर, २०७९- १२:१८:००/ Sunday 11-27-22

नेटिजन संवाददाता 
काठमाडौँ, ११ मङ्सिर। साताको पहिलो कारोबारको दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रूपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार स्थिर रहेर १ हजार २९५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।