• शनिबार, ८ बैशाख, २०८१
  • ०२:५३:३६

जानिराखौं, नेपालको बारेमा रोचक र अनौठो तथ्यहरु

  • Netizen Nepal
  • सोमबार, १६ माघ, २०७९- १६:५२:००/ Monday 01-30-23

नेटिजन संवाददाता 
काठमाडौँ, १६ माघ  । नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । भारत र चीनजस्ता ठुला शक्ति राष्ट्रहरुको बिचमा रहेको नेपाल बुपरिवेष्टित राष्ट्र हो । नेपाल इतिहासदेखि नै एक सार्वभौम र स्वतन्त्र मुलुक हो । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि एशियाका तारा गौतमबुद्धको जन्मस्थानसमेत नेपालमा पर्दछ । नेपाललाई प्राकृतिक सम्पदाले भरिपूर्ण, मन्दिरै मन्दिर र आस्थाले भरिएको देशका रुपमा समेत चिनिन्छ ।  

यस्ता छन्, नेपालका बारेमा केहि रोचक तथ्यहरु: 

  • विश्वमा छुट्टै क्यालेन्डर भएकाे देश नेपाल हाे । नेपालमा प्रयोग हुने पात्रोलाई नेपाली पात्रो वा वि.सं भनिन्छ । यसमा चन्द्रमास र सूर्यमास दुवै हुन्छ । नेपाली पात्रो ग्रेगोरियन पात्रोभन्दा झण्डै ५७ वर्ष ८ महिना अगाडि छ ।
  • हिन्दु धर्ममा गाई मार्नु अपराध मानिन्छ । गाईलाई नेपालमा राष्ट्रिय जनावर पनि मानिन्छ ।
  • नेपालको कपिलवस्तुमा बुद्धको जन्म भएको इतिहास छ । बुद्धको मार्गलाई बुद्ध धर्मका रूपमा विश्वभर अनुसरण गर्दै आइएको छ । कतिपय देशहरू त बुद्ध धर्मप्रधान देश पनि छन् ।
  • नेपाल विश्वमै हिन्दुबहुल मुलुक हो । यहाँ ८० प्रतिशतभन्दा बढी हिन्दु धर्म मान्ने मानिसहरू बसोवास गर्छन् । गणतन्त्र घोषणा हुनुपूर्व हिन्दु अधिराज्य रहको नेपाल गणतन्त्रपछि धर्मनिरपेक्ष बनेको हो ।
  • नेपाल मात्र यस्तो देश हो, जहाँ ५९ मिटरदेखि ८ हजार ८४८ मिटरसम्मको उचाइ रहेको छ । यसरी नै विश्वको सबैभन्दा उचाइमा रहेको तिलिचो ताल (४ हजार ८०० मिटर) पनि यहीँ पर्छ । सबैभन्दा अग्लो उपत्यका अरुण उपत्यका र गहिरो घाँटी कालीगण्डकी (एक हजार २०० मिटर) तथा अग्लो घाँसे मैदान चितवनमा, पनि नेपालमै रहेका छन् ।
  • विश्वकै गहिरो खोँच पनि नेपालमै छ । कालीगण्डकीको खोँच विश्वकै दोस्रो गहिरो खोँच हो । यो खोँच ४ हजार ३७५ मिटरको छ । 
  • नेपाल हिमालै हिमालको देश भनेर चिनिन्छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला आठवटा अग्ला हिमाल नेपालमा पर्छन। 
  • नपालमा हिमचितुवा एसियन गैँडा, बंगाल टाइगर, डल्फिन, बिषालुमध्येको सर्प गोमन, इन्डियन अजिंगर, घडियाल, गोही, कछुवालगायतका डरलाग्दा जीवजन्तु रहेका छन् । एक सिंगे गैडा पनि नेपालमै रहेको छ ।
  • नेपाललाई वीर गोर्खालीको मुलुक भनेर पनि चिनिन्छ । इतिहासमा विश्वविजेता बेलायतलाई नेपाली (गोर्खाली) सैनिकले परास्त गरेको उल्लेख छ । सोही कारण बेलायतले नेपालीहरूलाई आफ्नो सेनामा भर्ना गर्न थाल्यो ।
  • नेपालीहरूको खानपान प्रायः एकै खालको पाइन्छ । नेपालीहरू दैनिक भोजनमा दाल, भात, तरकारी, अचार मनपराउँछन् ।
  • नेपाल यस्तो देश हो, जहाँ युनेस्कोको विश्व सम्पदा सूचीमा परेका दर्जनौँ क्षेत्र र विषय छन् । यसरी नै काठमाडौंलाई ‘जीवन्त सांस्कृतिक संग्रहालय’ पनि भनिन्छ ।
  • नेपालको झण्डाको आकार विश्वका अन्य देशका झण्डाको आकारभन्दा फरक छ । नेपालको झण्डा त्रिकोणात्मक दुई भागबाट बनेको छ, जसमा चन्द्र र सूर्य अंकित छन् । अन्य देशका झण्डा चतुर्भुजाकारमा छन् ।
  • नेपालीहरू एकअर्कालाई भेट्दा, आदर गर्नुपर्नेसँग भेट्दा वा देवालयहरूमा पुग्दा दुई हात जोडेर नमस्कार गर्ने गर्छन् । अभिवादन गरिएको दर्शाउने नेपालीको यो तरिका विश्वमै भिन्न मानिन्छ ।
  • नेपाल इतिहासमै कहिल्यै उपनिवेश रहेन । स्वतन्त्र मुलुकका रूपमा नेपाल आजसम्म अस्तित्वमा छ । उपनिवेशमा नरहनुका कारण नेपालको अन्य देशको जस्तो ‘स्वतन्त्रता दिवस’ छैन ।
  • नेपालका विशेषगरी काठमाडौंका नेवार समुदायमा कुमारीलाई पूजा गर्ने प्रचलन छ । कुमारी जीवित देवीका रूपमा पुजिन्छिन् । 
  • नेपालमा ८० भन्दा बढी जातजाति छन् भने १२३ बन्दा बढी भाषा बोलिन्छ ।  
  • नेपालको हिमाली भेगमा हिममानव यति पाइन्छ भन्ने विश्वास छ ।  हिमाली भेगका मानिस तथा त्यहाँ यात्रा गर्ने मानिसहरुले ठुला ठुला पाइला देखेको बताउने गरेका छन् ।  जुन हिममानवको भएको बताइन्छ ।