यस्तो छ माघ १९ गते देशभरको मौसम
- Netizen Nepal
- बिहीबार, १९ माघ, २०७९- ०७:३५:००/ Thursday 02-02-23
नेटिजन संवाददाता
काठमाडौँ, १९ माघ । आज देशका केही भागमा आंशिक बदली र तराईका केही क्षेत्रमा हल्का हुस्सुबाहेक देशभरको मौसम समान्यता सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
महाशाखाले तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभको मौसम सामान्यता सफा रहेको जनाएको छ । तराईका केही भूभागहरुमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
२०७९ माघ १९ गते (बिहीबार)
दिउँसोː कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिː प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ माघ २० गते (शुक्रबार)
दिउँसोː देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिː प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ माघ २१ गते (शनिबार)
दिउँसोː प्रदेश नं. १ लगायत देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिː प्रदेश नं. १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागहरूमा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।