• बुधबार, १२ बैशाख, २०८१
  • ०९:५५:५४

दोलखाको कटुवाचौर बजारमा भीषण आगलागीः नौ वटा घर जलेर नष्ट, करोडौंको क्षति

  • Netizen Nepal
  • बिहीबार, १९ माघ, २०७९- १३:०१:००/ Thursday 02-02-23

नेटिजन संवाददाता 
काठमाडौँ, १९ माघ। दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भिषण आगलागी भएको छ।

आगलागीबाट बजार क्षेत्रका ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी,कमला खाती, राम बहादुर थामीको घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

रुद्र बहादुर ओलीको घरबाट आगलागी सुरु भएको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएपनि आगलागीको यकिन कारण खुल्न सकेको छैन । आगलागीबाट करोडौंको क्षति भएको छ भने धेरै पशुचौपाया पनि मरेका छन् ।