• शनिबार, ८ बैशाख, २०८१
  • ०९:१९:५२

५ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १६ जनाको मृत्यु

  • Netizen Nepal
  • आइतबार, २२ माघ, २०७९- १६:४७:००/ Sunday 02-05-23

नेटिजन संवाददाता 

काठमाडौँ, २२ माघ। मध्यचीनको हुनान प्रान्तमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

सो ठक्करबाट सडकमा हुँइकिएका अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त भएका हुनान प्रान्तको हाईवे ट्राफिक प्रहरी विभागले जनाएको छ । उक्त दुर्घटनामा ६६ जना घाइते भएका छन् ।

घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । उद्धार एवम् समन्वयका लागि आपत्कालीन व्यवस्थापन मन्त्रालयले दुर्घटनास्थलमा कार्यदल परिचालन गरेको छ ।