• शुक्रबार, ७ बैशाख, २०८१
  • ०३:५५:३३

 इङ्लिस प्रिमियर लिग: टोटेनह्यामद्वारा म्यानचेस्टर सिटी १–० गोलले पराजित

  • Netizen Nepal
  • सोमबार, २३ माघ, २०७९- ०७:५७:००/ Monday 02-06-23

नेटिजन संवाददाता 
काठमाडौँ, २३ माघ । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा टोटेनह्याम १–० ले विजयी भएको हो ।

टोटेनह्यामको जितमा  खेलको १५औँ मिनेटमा ह्यारी केनले गरेको गोल नै निर्णायक बन्यो । हारपछि शीर्ष स्थानमा पुग्ने होडमा रहेको म्यानचेस्टर सिटीलाई धक्का लागेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलमा ४५ अङ्क छ ।

जितपछि टोटेनह्यामको भने २२ खेलमा ३९ अङ्क छ । टोटेनह्याम अङ्क तालिकाको पाँचौँ स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा नटिङ्घम फरेस्ट विजयी भएको छ । लिड्स युनाइटेडलाई १–०  गोल अन्तरले हराउँदै नटिङ्घम फरेस्ट विजयी भएको हो ।