• बुधबार, १२ बैशाख, २०८१
  • १२:१३:२३

क्यानबेरामा नेपथ्यको प्रस्तुति

  • Netizen Nepal
  • सोमबार, २३ माघ, २०७९- ०८:१६:००/ Monday 02-06-23

नेटिजन संवाददाता 
काठमाडौँ, २३ माघ । नेपथ्यले अस्ट्रेलियाका शान्त केन्द्रीय राजधानी क्यानबेराको मञ्चमा आफ्नो ब्यान्डको पहिलो प्रस्तुति दिएको छ। कन्सर्ट सुरु हुँदा ब्यान्डले पहिलो गीत उसलाई स्थापना गराउने पहिलो सिर्जना अर्थात् ‘आँगनैभरि हिउँनै झरे’बाट सुरु गरेको थियो। त्यसपछि लगत्तै दोस्रो एल्बमको सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ सुनायो।

कार्यक्रमलाई त्यसपछि ‘भेँडाको ऊन जस्तो’, ‘लामपाते सुरती’, ‘चरी म-यो’ र ‘जोमसोमे बजार’ जस्ता गीतले निरन्तरता दिएको थियो। ‘शिरफूल शिरैमा’ गाइरहँदा अमृतले नेपालका डाँडाकाँडामा अद्भुत मिठास रहेको उल्लेख गर्दै स्वदेश गएका बेला पदयात्रा गर्न दर्शकलाई हौस्याएका थिए। त्यसपछि दर्शकमा तीव्र तरङ्ग पैदा गर्ने हिसाबले ‘मै नाचे छमछमी’, ‘रेशम’ हुँदै ‘तालको पानी’ सुनाइएको थियो। अन्तिममा भने ‘रातो र चन्द्रसुर्जे’ सुनाएर कार्यक्रम सम्पन्न भएको थियो ।