• शुक्रबार, ७ बैशाख, २०८१
  • १०:३४:२७

यस्ता छन्, योग गर्नुका फाइदाहरु 

  • Netizen Nepal
  • सोमबार, २३ माघ, २०७९- १०:२४:००/ Monday 02-06-23

नेटिजन संवाददता 
काठमाडौँ, २३ माघ । योगले शारीरिक मात्र नभइ मानशिक स्वास्थ्य सन्तुलनमा समेत विशेष फाइदा पुर्याउँछ । आफुलाई दिनभरि ताजा राख्न र रोगबाट बच्न मानिसहरुले अब ‘योग’ लाई आफ्नो जीवनको पाटो बनाउन थालेका छन् । जुनसुकै मौसममा गर्न सकिने योग पछिल्लो समय विश्वभर नै चर्चामा छ ।  

शरीरका अंगहरुमा लचकता 

दैनिक योग अभ्यासले शरीरका अंग र भागहरुमा लचकताको वृद्धि गर्छ । शरीरको हात, पाखुरा, काँध, खुट्टा र जोर्नीहरुको संरचनामा शक्ति र लचकता सिर्जना गर्छ ।

तनाव नियन्त्रण

दैनिक योगको आसन, प्राणायम र ध्यानले मानिसको तनाव निवारण गर्नमात्र नभई मुटुको चाल सन्तुलित गर्छ । तनाव र अनिद्राबाट मुक्ति पाउने सबैभन्दा सजिलो उपायका रुपमा योगलाई लिइन्छ ।

तौल घटाउन 

नियमित रुपमा गरिने योगले शरीरको मेटावोलिक प्रणालीमा बल प्रदान गर्छ जसले शरीरमा रहेको फ्याट घटाउन मद्दत गर्छ ।

स्वस्थ रहन 

नियमित योग अभ्यासले तन्दुरुस्ती बढाउन सहयोग गर्छ, मुटुको चाल सुन्तुलनमा ल्याउँछ, तनावको दर घटाउँछ र खुशी प्रदान गर्छ । यो सबै पक्षले मानिसको आयु वृद्धि हुन्छ ।

स्वासप्रश्वास राम्रो बनाउँन

हरेक योग अभ्यासमा श्वासप्रश्वासको गहिरो र शान्त प्रकृयाहरु हुन्छन् । यसले मानिसलाई आनन्दित र सुन्तुलित महसुश गराउँछ । यसले आत्वविश्वास र शान्त स्वभावको पनि बानी बसाल्छ भने फोक्सोलाई उर्जा र शक्तिले भर्छ ।

रोगबाट लड्ने क्षमता

नियमित योग गर्नाले शरीरमा रोगहरुसँग लड्ने क्षमता आउँछ । योगले शरीरलाई लचकदार बनाउनुका साथै फुर्तिलो बनाई राख्न पनि मद्दत गर्छ । नियमित रुपमा योग गर्ने मानिसहरुको इम्युन सिस्टम पनि बलियो हुन्छ ।