• आइतबार, ३० मङ्सिर, २०८१
  • ०५:०९:१३

नेपाल टेलिकमको मोबाइलमा सेवा लिने छोटो र सजिलो तरिका

काठमाडौं ।  प्रविधिको विकास बढ्दै गएसँगै विभिन्न किसिमको  सेवा तथा वस्तुको प्रयोग बढेर गएको छ । यस्तै वस्तु मध्यको एक हो मोवाईल फोन । सबैलाई मोवाईल फोन प्रयोग गर्न त आउँछ तर यस भित्रका प्रविधिक पाटोको प्रयोग सबैले सहजै गर्न सक्दैनन् । यसको लागि उनिहरुले अरुमा भर पर्नुपर्ने हुन्छ । यस्तै समस्याको समाधानको रुपमा नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरूको व्यवस्था गरेको छ ।


स्मार्ट तरिकाले टेलिकमको सेवा प्रयोग गर्न यी शर्टकोडहरू प्रयोग गर्नु सहज हुन्छ । जुन यस प्रकार छन्  :

सेवा USSD कोड प्रयोग गर्ने तरिका 
ब्यालेन्स जाँच गर्न *400#    डायल
सिमधनीको नाम थाहा पाउन *922# डायल
सीआरबीटी (कलर रिङ ब्याक टोन) एक्टिभेट गर्न SUB to 1455 एसएमएस
सीआरबीटी (कलर रिङ ब्याक टोन) डिएक्टिभेट गर्न Unsub to 1455 एसएमएस
प्याकेज तथा  अफरहरूबारे जान्न *1415# डायल
एड-अन प्याकेजहरू लिन *1442# डायल
आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल
कल फरवार्ड एक्टिभेट गर्न **21*Forwarding Number# डायल
कल फरवार्ड डिएक्टिभेट गर्न #43# डायल
नमस्ते क्रेडिट एक्टिभेट गर्न *1477# डायल
नमस्ते क्रेडिट डिएक्टिभेट गर्न *1477# डायल
ब्यालेन्स ट्रान्सफर गर्न *422*SecurityCode*MobileNumber*Rs.# डायल
कल वेटिङ एक्टिभेट गर्न *43# डायल
कल वेटिङ डिएक्टिभेट गर्न *43# डायल
सेक्युरिटी कोड थाहा पाउन SCODE र 1415 मा पठाउनुहोस् एसएमएस
अन्तर्राष्ट्रिय कल एक्टिभेट गर्न #331*0000# डायल
अन्तर्राष्ट्रिय कल डिएक्टिभेट गर्न #331*0000# डायल
अन्तर्राष्ट्रिय रोमिङ (प्रिपेड) एक्टिभेट गर्न 14157# डायल
अन्तर्राष्ट्रिय रोमिङ (प्रिपेड) डिएक्टिभेट  गर्न 14157# डायल
एफएनएफ (फ्रेन्ड्स एन्ड फ्यामिली) एक्टिभेट गर्न FNFADD01488xxxx to 1415 एसएमएस
एफएनएफ (फ्रेन्ड्स एन्ड फ्यामिली) थप्न FNFADD01488xxxx to 1415 एसएमएस
मिस्ड कल अलर्ट (एमसीए) डिएक्टिभेट गर्न 14002# वा 'UnSub' टाइप गरी 1400 मा पठाउनुहोस् डायल/एसएमएस
मिस्ड कल अलर्ट (एमसीए)एक्टिभेट गर्न 14002# वा 'UnSub' टाइप गरी 1400 मा पठाउनुहोस् डायल/एसएमएस