• आइतबार, ३० मङ्सिर, २०८१
  • ०५:०९:१२

ओझेलमा परेका मध्यपुरका सम्पदा

काठमाडौं । पशुपतिको दर्शनमा आउने पूर्वी नेपालका बटुवाको वासस्थान हो, थिमि । पैदलै यात्रा गर्नुपर्ने त्यो समयमा पूर्वी पहाड हुँदै राजधानी भित्रिने बटुवा थिमि, भक्तपुर, बनेपा, पनौती, धुलिखेलका फल्चा, सत्तल, पाटीमा आश्रय लिन्थे । यसलाई अहिले पनि थिमिवासीले बचाएर राखेका छन् । 


खासमा भन्नुपर्दा नेवाः, नेपालभाषा, नेपाल अर्थात् नेपाली संस्कृति तथा सभ्यताको उद्गम विन्दु र काठमाडौँ उपत्यकाको केन्द्रविन्दु नै मध्यपुर थिमि हो । उपत्यकाबाटै नेपाल एकीकरण सुरु भएको थियो । थिमिको संस्कृतिका सम्बन्धमा पुरातत्वविद् प्राडा जीवराज पोख्रेल भन्नुहुन्छ, “थिमि त नेपाली आर्किटेक्चरको बेसिक थिम नै हो । यहाँका वास्तुकलामा करुणा र प्रेमका प्रशस्तै विम्ब पाइन्छन् ।”

विसं २००७ मा पशुपतिनाथकै जग्गामा एयरपोर्ट बनेपछि यो मार्ग अवरुद्ध भएको हो । सिनामङ्गलबाट थिमि जाने बाटो एयरपोर्टले अवरुद्ध गरेपछि कोटेश्वरबाट जडीबुटी हुँदै बाटो जोडियो । काठमाडौँ र भक्तपुर जोड्ने पुरानो मोटरबाटोसमेत यतैबाट छ तथापि बनेपा–काठमाडौँको नयाँ बाटो तल फाँटैफाँट बनेपछि थिमि केही ओझेलमा परेको हो । नेवार भाषा, संस्कृति, सम्पदामा बेग्लै पहिचान राख्ने थिमि केही उँचो स्थानमा छ । त्यसैले थिमिको उकालोको चर्चा अहिलेसम्मै चल्ने गर्छ । 

यो करुणामयीहरूको कथा पनि हो । छेमी– सफल सहयोगी व्यक्ति बस्ने स्थान नै पछि अपभ्रंश भएर लिच्छविकालमा थेम्रिंगग्राम, थ्यमी, ठिमी, हुँदै हाल यस नगरको नाम मध्यपुर थिमि भएको बताइन्छ । नेवाः भाषामा औँठीको युँ जस्तो चम्किलो आँखा भएका सभ्य मानिसको बस्ती नै थिमि  हो । वारिपारि प्रशस्त खेत भएको, गाईभैँसी पाल्ने, व्यापार गर्ने, माटाका भाँडा बनाउने, विभिन्न जात्राका लागि आवश्यक मुकुट तथा मुखौटो निर्माण गर्ने, भव्य जात्रा मनाउने, हरेक दिन कुनै न कुनै पर्व मनाउने थिमिवासीको ऐतिहासिक पहिचान हो ।

खासमा भन्नुपर्दा नेवाः, नेपालभाषा, नेपाल अर्थात् नेपाली संस्कृति तथा सभ्यताको उद्गम विन्दु र काठमाडौँ उपत्यकाको केन्द्रविन्दु नै मध्यपुर थिमि हो । उपत्यकाबाटै नेपाल एकीकरण सुरु भएको थियो । थिमिको संस्कृतिका सम्बन्धमा पुरातत्वविद् प्राडा जीवराज पोख्रेल भन्नुहुन्छ, “थिमि त नेपाली आर्किटेक्चरको बेसिक थिम नै हो । यहाँका वास्तुकलामा करुणा र प्रेमका प्रशस्तै विम्ब पाइन्छन् ।”

थिमिको लिखित इतिहास पाँचौँ शताब्दीबाट सुरु हुन्छ । विसं ६८१ मै विष्णुगुप्तले बोदेको नीलवाराही मन्दिर निर्माण गरेको सबैभन्दा पुरानो इतिहास पाइन्छ । त्यसपछि गङ्गा महारानीले विसं १४९८ मा शिवटोलमा रहेको बाखाः छें महादेव र विसं १५३६ मा बालकुमारी, दिगु भैरव, सिद्धिकाली र नगदेशको सिद्धि गणेशको मन्दिर निर्माण गरेको इतिहास छ ।

इतिहासमा थिमि

थिमिका सन्दर्भमा एउटा किंवदन्ती प्रचलनमा छ । परापूर्वकालमा थिमिका राजकुमारसँग लुभुकी राजकुमारीको प्रेम भएछ । बालकुमारीमाई लुभुमै थिइन् ।  प्रेम भयो, कुमारी गर्भवती पनि भइछन् तर विवाह हुन समस्या भएछ । अनि दाइजोमा बालकुमारी पनि दिने सर्तमा विवाह भएछ । बालकुमारीसहित राजकुमारले आफ्नी प्रेमिका भित्र्याएछन् । छोरीले दुःख पाए, बालकुमारीको राम्रो जात्रा पूजा नभए लुभुले फिर्ता लैजाने भन्ने वाचा थियो रे ।  

काठमाडौँ उपत्यकाका तीन जिल्ला ललितपुर, काठमाडौँ र भक्तपुरको लगभग मध्य भागमा रहेको ऐतिहासिक नगर नै मध्यपुर थिमि नगरपालिका हो । नेवाः तथा नेपाल भाषाबाटै उपत्यकाको नाम नेपाल र यसै नेपालबाट देशकै नाम बन्न गयो । त्यसैले काठमाडौँ उपत्यकाको नेवाः सभ्यताको भौगोलिक तथा सांस्कृतिक केन्द्र नै मध्यपुर थिमि हो ।

विज्ञ मोहन पन्त आफ्नो पुस्तकमा लेख्नुहुन्छ–  थिमिको सडक, गल्ली तथा चोक अध्ययन गर्दा मोहन्जोदारो सभ्यतासँग ठ्याक्कै मिल्छ तर शैन्धव सभ्यता (सिन्धुघाटीको सभ्यता) को त्यही मोहन्जोदारोमा उत्खनन गर्दा पशुपतिनाथको शिल–छाप पाइएको हुनाले शैन्धव सभ्यताभन्दा पहिल्यै पाशुपत सभ्यता विकास भइसकेको भन्ने स्पष्ट हुन्छ । त्यसैले हाम्रो ‘थिमि सभ्यता’ पशुपतिसँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले लगभग पाँच हजार वर्ष पुरानो शैन्धव सभ्यताभन्दा निकै पुरानो छ । शैन्धव सभ्यताले चाहिँ हाम्रो सभ्यता अनुसरण गरेको हुन सक्छ ।

यहाँनिर इतिहास, संस्कृतिका विज्ञहरूले अनुसन्धान गर्नुपर्ने गहिरो आवश्यकता छ । थिमिको लिखित इतिहास पाँचौँ शताब्दीबाट सुरु हुन्छ । विसं ६८१ मै विष्णुगुप्तले बोदेको नीलवाराही मन्दिर निर्माण गरेको सबैभन्दा पुरानो इतिहास पाइन्छ । त्यसपछि गङ्गा महारानीले विसं १४९८ मा शिवटोलमा रहेको बाखाः छें महादेव र विसं १५३६ मा बालकुमारी, दिगु भैरव, सिद्धिकाली र नगदेशको सिद्धि गणेशको मन्दिर निर्माण गरेको इतिहास छ । यो नगर ११.४७ वर्ग किलोमिटर क्षेत्रफल र समुद्री सतहबाट एक हजार ३२६ मिटरको उचाइमा अवस्थित छ ।

प्रसिद्ध तान्त्रिक दिव्यदेव पन्तले शङ्कराचार्य नेपाल आउँदा विसं १९५० मा ११ शिर र १०८ हात भएको नागले बेरिएको गुह्येश्वरी स्वरूप, श्रीयन्त्रयुक्त दिव्यश्वरी भगवतीको मन्दिर निर्माण गरेका थिए । कला र शैलीका हिसाबले नेपालकै नमुना दिव्यश्वरी मन्दिरसहित यस क्षेत्रमा राममन्दिर, हनुमान मन्दिर, नाट्यश्वरी र विन्दवासिनी रहेका छन् । काँडाघारीको पूर्व मनोहराको किनार, दिव्यश्वरी प्लानिङ (बराक) क्षेत्र स्थानीय ‘पर्यटन हब’ नै भएको छ ।

मध्यपुर थिमि नगरपालिकालाई दिव्यश्वरी, थिमि, नगदेश र बोडेको एकीकृत सभ्यता मान्न सकिन्छ । यो उत्तरमा खसङ्गखुसुङ्ग, पूर्वदक्षिणमा हनुमन्ते र पश्चिममा मनोहरा नदीले घेरिएको छ । उपत्यकाको मध्यपुर अर्थात् नेपालको प्रकृति र संस्कृतिले भरिपूर्ण नगरपालिका हो । हाल थिमि नगरपालिकामा नौ वटा वडा छन् । आठ वटै दिशामा अष्टमातृकाका प्रतीकस्वरूप ढोका, ढुङ्गेधारा, पाटी निर्माण गरिएको नगरपालिका नै मध्यपुर थिमि हो । इतिहास, संस्कृति र सभ्यता सबै अध्ययन गरेरै यस नगरपालिकाको नाम मध्यपुर थिमि रहन गएको धारणा डा. राजेन्द्रमान श्रेष्ठको छ । 

दिव्यश्वरी 

प्रेम र आराधनाले नै संसार चलेको हुन्छ । थिमि प्रेम र शक्तिको नमुना हो । वास्तवमा थिमि तान्त्रिक शाक्त अर्थात् अष्टमातृकाको भूमि हो । नगरपालिकाको वडा नं. १, २ र ३ मा व्यापक नयाँ बस्ती विकास भएको छ । आधुनिक सहर निर्माण भएको छ यद्यपि हरेक टोलमा गणेश, भैरव तथा कुमारीका सानाठुला मन्दिर भेटिन्छ । पुरानो दिव्यश्वरी गाविस अन्तर्गत अरनिको राजमार्ग र भक्तपुर जाने पुरानो राजमार्गले जोडिएको हनुमन्ते र मनोहरा नदीको किनारमा यो अवस्थित छ । यी नदीका किनार तथा दोभान क्षेत्र अत्यन्तै मनमोहक, सुन्दर र प्राकृतिक छन् ।

प्रसिद्ध तान्त्रिक दिव्यदेव पन्तले शङ्कराचार्य नेपाल आउँदा विसं १९५० मा ११ शिर र १०८ हात भएको नागले बेरिएको गुह्येश्वरी स्वरूप, श्रीयन्त्रयुक्त दिव्यश्वरी भगवतीको मन्दिर निर्माण गरेका थिए । कला र शैलीका हिसाबले नेपालकै नमुना दिव्यश्वरी मन्दिरसहित यस क्षेत्रमा राममन्दिर, हनुमान मन्दिर, नाट्यश्वरी र विन्दवासिनी रहेका छन् । काँडाघारीको पूर्व मनोहराको किनार, दिव्यश्वरी प्लानिङ (बराक) क्षेत्र स्थानीय ‘पर्यटन हब’ नै भएको छ । रेस्टुरेन्ट तथा कफी सप प्रशस्तै खुलिसकेका छन् । ग्रामीण तथा सहरी विकासको नमुनाका रूपमा यो स्थान रहेको छ । 

थिमि (मध्यपुर)

शिव र शक्तिको प्रेम र युद्धको कला यहाँका ऐतिहासिक मन्दिरमा देख्न पाइन्छ । लिच्छविकालीन ‘थेम्रिङ्ग’, ‘थ्यमी’ हुँदै आएको हालको वास्तविक जनसांस्कृतिक भक्तपुर भनेकै मध्यपुर थिमिको वडा नं. ४, ५ र ६ हो । भाः फल्चा अर्थात् शङ्खधर साख्वा चोक, थिमि बस बिसौनी स्थलबाट उत्तरतिरको उकालो चढ्दै लगभग एक घण्टामा सबै स्थानीय संस्कृति तथा पुरातात्त्विक सम्पदा अवलोकन गरी कुम्हादाइको चर्खा जीवन (मष्टकला) हेर्दै, जीवनको भित्री र बाहिरी रूपको प्रतिनिधित्व गर्दै निर्माण गरिएका मुखुन्डोहरू हेर्दै चोपाचो पुगिन्छ ।

बालकुमारी, बखाछेः महादेव, विष्णुवीर, वामुने गणेश, सिद्धिकाली, दिगु भैरवलगायत तीन सयभन्दा धेरै मन्दिर भएको भव्य दुई पोखरी क्षेत्र नै मुख्य मध्यपुर थिमि हो । बिचमा लायकु (मध्यदेशको दरबार) रहेको छ । सांस्कृतिक–ऐतिहासिक रूपले भन्नुपर्दा भक्तपुरभन्दा थिमि भव्य छ ।

वास्तविक नेवारी जनजीवन अध्ययन गर्न थिमि नै जानु पर्छ । यहाँ कृपालुजी महाराजले सन् २००५ मा स्थापना गरेको श्यामाश्यामधाम आधुनिक प्रसिद्ध मन्दिर पनि रहेको छ । यसलाई राधे राधे चोक भनेर चिनिन्छ । यहाँको प्रसिद्ध जिब्रो छेड्ने परम्परा केवल सांस्कृतिक प्रदर्शन नभई भक्तपुरको धार्मिक आस्था र परम्पराको गहिरो प्रतीक हो ।

भक्तपुरको दरबार निर्माण हुनुभन्दा पहिल्यै थिमिमा मानव बस्तीको विकास भइसकेको इतिहास छ । भक्तपुर प्रशासन हो भने थिमि जनजीवन हो । वास्तविक नेवारी जनजीवन अध्ययन गर्न थिमि नै जानु पर्छ । यहाँ कृपालुजी महाराजले सन् २००५ मा स्थापना गरेको श्यामाश्यामधाम आधुनिक प्रसिद्ध मन्दिर पनि रहेको छ । यसलाई राधे राधे चोक भनेर चिनिन्छ । यहाँको प्रसिद्ध जिब्रो छेड्ने परम्परा केवल सांस्कृतिक प्रदर्शन नभई भक्तपुरको धार्मिक आस्था र परम्पराको गहिरो प्रतीक हो । यो परम्पराले देवीको शक्तिमा मानव समाजले कस्तो विश्वास राख्छ भन्ने कुरा स्पष्ट पार्छ । दुष्टहरूलाई देवीले कसरी सजाय दिन्छिन् भन्ने पौराणिक आख्यान यो जात्रामा पाइन्छ । पशुपति जाने यात्राले देवी र शिवको सम्बन्ध सुदृढ बनाउँदै मानिसको धार्मिक यात्रा सम्पन्न भएको अर्थ दिन्छ । 

नगदेश (जयपुर) 

एक अर्को किंवदन्ती अनुसार परापूर्वकालमा काठमाडौँका एक नेवाः दम्पती पवित्र गोसाइँकुण्ड गएछन् । त्यसै बेला एक जना राजा आइपुगेछन् । राम्री नारी देख्नेबित्तिकै राजाले रानी बनाएर लगेछन् । बिचरा पति पागल प्रेमी भएर हिँडेछन् । पछि ती रानी दरबार छोडेर आई पुनः आफ्नै पतिसित गइछन् । त्यसैले नेवारी दम्पती गोसाइँकुण्ड सँगै जाँदैनन् तर एक्लै जानै पर्छ । अब जान नसक्नेलाई यहाँ भव्य विसंटकी शिलुमहादेवको गोसाइँकुण्ड कुण्ड नै निर्माण गरिएको छ  । यो किंवदन्तीको भव्य नेवारी भजन नै छ । लाग्छ, थिमि प्रेमनगर नै हो ।

विभिन्न नागको विम्ब, इनार, धारा, पोखरी, विसंटकी शिलुमहादेव, लक्ष्मी, भैरव र गणेशका प्रशस्त मन्दिर भएको वडा नं. ७ नागको पवित्र क्षेत्र मानिन्छ । वासुकी चोक, वासुकी मन्दिर रहेकाले नागदेश भन्ने गरिएको छ । यःसिंमा कपडाका ३२ हात लामो हलिपतः झुन्ड्याइन्छ जसलाई सर्पको जोडी (नाग र नागिन) को प्रतिनिधित्व मानिन्छ । नेपाल संवत् ७०० तिर भने यस क्षेत्रलाई नकदेश भनिएको छ । सुनको झ्याल भएको लायकु, भव्य तलेजु र सिद्धि गणेशको मन्दिर यस क्षेत्रको पर्यटकीय क्षेत्र हो ।

वडाध्यक्ष कृष्ण प्रजापतिका अनुसार यो बुद्धभूमि हो । गुरु रिम्पोचे पद्मसम्भवले नै आएर आठौँ शताब्दीमा विहार स्थापना गरिसक्नुभएको छ । अर्थात् बौद्ध तथा हिन्दुहरूको अत्यन्तै सहिष्णुता व्यवहारमै देखिएको नमुनास्थल नै नागदेश/नगदेश हो । वास्तवमा भन्नुपर्दा मध्यपुर थिमि ३३ कोटि देवताको बासस्थान– जिउँदोजाग्दो स्वर्ग नै हो । यहाँ सबै देवताको मन्दिर छ । प्रेमको मन्दिर पनि छ ।

बोदे (धर्मपुर)

लिच्छविकालीन ‘बोशिंगग्राम’, मल्लकालीन ‘बुदे’, हालको महालक्ष्मी मन्दिरपरिसर, नीलवाराही जङ्गल तथा लिच्छविकालीन नीलवाराही मन्दिर क्षेत्र नै ‘बोदे’ हो । मध्यपुर थिमि नगरपालिकाको वडा नं. ८ नै यो संस्कृतिको केन्द्र हो । विसं ६८१ मा विष्णुगुप्तले बोदेको नीलवाराही मन्दिर निर्माण गरेको सबैभन्दा पुरानो मन्दिर हो । त्यसैले थिमिको नीलवाराही थिमि सभ्यताको आधारस्तम्भ हो । यहाँको प्राकृतिक जङ्गल (केही भूक्षयको प्रभावमा पनि परेको देखिन्छ) । यसको संरक्षण नै थिमि सभ्यताको संरक्षण हो । जिब्रो छेड्ने जात्राले गर्दा पनि यो क्षेत्र व्यापक प्रसिद्ध छ ।

बोदेको ‘बिस्काः जात्रा’ र प्रसिद्ध ‘लिङ्गो उत्सव’ निकै चर्चित छन् । वडा नं. ९ मा पर्ने तिगनी अर्थात् निगालो उम्रिने नीलवाराही प्रगतिटोल नेपालकै तिगनी बजी (टिकनी–हातले कुटेर बनाएको चिउरा) का लागि प्रसिद्ध स्थान हो । भक्तपुरको जुजुधौमा तिगनीको बजी मिसिएको खाजा (दहीचिउरा) नमुना खाजा हो ।

सयौँ वर्ष पुरानो पलेस्वाँ पुखुः (कमलपोखरी) को सीमाङ्कन गर्ने, पर्खाल निर्माण गर्ने कार्यसँगै आउँदो बिस्केट जात्रामा पानी भर्न मिल्ने गरी पुनर्निर्माण गरिएको छ । विसं २०३५ पछि कान्छी पोडेनीको नाममा पोखरीको १५ रोपनी नौ आना क्षेत्रफल जग्गा दर्ता भई विभिन्न व्यक्तिका नाममा बिक्री हुँदै आएको र उक्त ऐतिहासिक पोखरीलाई सार्वजनिक पोखरीका रूपमा कायम गर्ने फैसला जिल्ला अदालत भक्तपुरले २०७५ असार २० मा गरेको थियो । पोखरीका चारैतिर प्रातःकालीन पदयात्रा गर्न मिल्ने मार्ग निर्माण गरिएको छ ।

पोखरीको बिचमा कमलको फूलको प्रतिमा तथा महादेवको मन्दिर राखिएको छ । यो कमलपोखरीको फूल र जल लगेर नजिकै रहेको नीलवाराही मन्दिरमा चढाउने बर्सौंपहिलेको परम्परासमेत पोखरी किनबेचपछि रोकिएको थियो । हाल त्यो परम्परा पनि ब्युँताइएको छ । यसै सन्दर्भमा इतिहास तथा संस्कृतिविज्ञ पुरुषोत्तमलोचन श्रेष्ठ भन्नुहुन्छ, “भक्तपुर बुझ्न थिमि जानु पर्छ भने थिमि बुझ्न बोदे जानु पर्छ ।’’ वास्तवमै ‘बोदे’ अर्थात् बोडे प्राकृतिक तथा सांस्कृतिक रूपले भव्य र सुरम्य छ ।

पर्यटकीय सम्भावना 

यो कथा नै कथाको अथवा कला नै कलाको सहर हो । प्राविधिक दृष्टिले मध्यपुर थिमिका सबै वडामा विभिन्न प्रकारका होटेल तथा सामुदायिक होमस्टे सञ्चालन गर्न सकिन्छ । टोलस्तरमा समुदाय आफ्नो कला, धर्म, संस्कृति तथा सभ्यताको संरक्षण तथा विकासका लागि सशक्त छ । समुदाय परिचालन गरेर संस्कृतिलाई पर्यटनसँग जोड्ने कला तथा विज्ञान आवश्यक छ । यहाँ स्थानीय युवा परिचालन गरेर ३६५ दिन नै जात्रा, पर्व, भोज, भजन तथा नृत्य गर्दै संस्कृतिको संरक्षण गर्दै पर्यटकलाई मस्त राख्न सकिन्छ । त्यो कार्य अब सुरु गर्नु पर्छ ।

सांस्कृतिक पर्यटकलाई जात्रापर्वमा भाग लिने, रमाउने अवसर सिर्जना गर्नु पर्छ । हरेक पर्यटकले जात्रा, भजन तथा नृत्यमा मस्त रमाउँदै समेबजी खाएर, अइला–छ्याङ–ठोँ पिएर आनन्द लिन पाउनु पर्छ । यो वातावरण नगरपालिकाले मिलाउने गरेको छ । नेपालका होटेल तथा पर्यटन व्यवसायीले निकै आकर्षित भएर मध्यपुर थिमिमा लगानी गर्न थालेका छन् । स्थानीय युवा पर्यटन उद्यमी उत्साहित छन् । यो ऐतिहासिक सांस्कृतिक पालिका तीन वटा भव्य दरबार (लायकु), १४ वटा ढोका, १३ वटा डबली, २१ वटा पोखरी, नौ वटा विहार, ४८ वटा ढुङ्गेधारा, दुई सय वटा सत्तल पाटी, सय वटा इनार, १८ वटा कुवा तथा तीन सयभन्दा बढी मठमन्दिर भएको नेवाः सभ्यता र संस्कृतिको केन्द्र हो । 

विस्का, विभिन्न गण, सिन्दुरे, जिब्रो छेड्ने, हलिपत, पुलिकिसीलगायत सयौँ जात्राले गर्दा वास्तवमा सांस्कृतिक भक्तपुर नै मध्यपुर थिमि हो । भक्तपुर बुझ्न थिमि जानै पर्छ । विश्वभरि छरिएर रहेका नेवाः त अनिवार्य आफ्नो सभ्यताको ऐतिहासिक पुख्र्यौली थलो कुलदेवता दिगु भैरवको मन्दिर पुग्नै पर्छ । भक्तपुरमा ५५ झ्याले दरबार छ भने थिमिमा त सुनकै झ्याल भएका तीन वटा दरबार छन् । 

धार्मिक पर्यटकीय रूपले यस पालिकाभित्र शैवमार्ग, शाक्तमार्ग, वैष्णवमार्ग, गणपतमार्ग, भैरवमार्ग, बुद्धमार्ग नक्साङ्कन गरी सबै वडा जोड्न सकिन्छ । आधुनिक पर्यटन विकासका लागि यो क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जम्मा चार किमीमा अवस्थित छ अर्थात् अन्तर्राष्ट्रिय पर्यटकका लागि ठमेलभन्दा नजिक थिमि छ । अलिकति मेहनत जरुरी छ ।

प्राकृतिक पर्यटनका लागि हनुमन्ते र मनहरामा ‘ग्रिन बेल्ट’ निर्माण गरी विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिन्छ । सबै वडाका मुख्य मन्दिर जोडेर ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक नक्सा बनाएर सम्पदा यात्रा सञ्चालन गर्न सकिन्छ । रात्रिकालीन भजन तथा सांस्कृतिक कार्यक्रम गरेर रातभर पर्यटकलाई मस्त राख्न सकिन्छ । विस्का, विभिन्न गण, सिन्दुरे, जिब्रो छेड्ने, हलिपत, पुलिकिसीलगायत सयौँ जात्राले गर्दा वास्तवमा सांस्कृतिक भक्तपुर नै मध्यपुर थिमि हो । भक्तपुर बुझ्न थिमि जानै पर्छ । विश्वभरि छरिएर रहेका नेवाः त अनिवार्य आफ्नो सभ्यताको ऐतिहासिक पुख्र्यौली थलो कुलदेवता दिगु भैरवको मन्दिर पुग्नै पर्छ । भक्तपुरमा ५५ झ्याले दरबार छ भने थिमिमा त सुनकै झ्याल भएका तीन वटा दरबार छन् । 

थिमि प्रेम हो । थिमि करुणा हो । समग्रमा मध्यपुर थिमि भनेको दिव्यश्वरी, मध्यपुर, जयपुर र धर्मपुरको एकता हो । ३२ वटा खट जात्रा, ३२ वटा सिन्दुरे जात्रा, ३२ वटा सांस्कृतिक नृत्य, ३२ वटा अष्टमातृका, ३२ वटा भजन मण्डल, ३२ वटा बाजा तथा ३२ वटा विशेष भोज खाइने भव्य ऐतिहासिक सांस्कृतिक नगर नै मध्यपुर थिमि हो । यी सबै ३२ वटा पुग्नु पर्छ । ३२ लक्षणले युक्त मध्यपुर थिमि बन्नु पर्छ । पर्यटन विकास तथा संस्कृति संरक्षणका लागि विभिन्न  कार्यक्रम हरेक वर्ष कम्तीमा दिव्यश्वरी, थिमि, नगदेश र बोडेमा चारै स्थान जोडिने योजनासहित सञ्चालन गर्नु उपयुक्त देखिन्छ ।

थिमिमा सबै देवताको मन्दिर छ । त्यसैले थिमि जीवित स्वर्ग हो । उपत्यकाको केन्द्र थिमि, थिमिको केन्द्रमा नेवाःको कुलदेवता प्रचण्ड भैरव–दिगु भैरवको मन्दिर छ । त्यसैले यो नेवाः सभ्यताको केन्द्र हो । नेपाली एकता र सभ्यताको केन्द्र हो । मोहन्जोदारो हडप्पाभन्दा पुरानो तर त्यस्तै भव्य सभ्यता हो । त्यसैले थिमि आफैँमा समृद्ध छ, केवल प्रचारप्रसार भए पुग्छ । रणनीतिक योजना अनुरूप सशक्त मानव संसाधन निर्माण, परिचालन र विकासमा ध्यान दिनु पर्छ । युवालाई पर्यटन तथा आतिथ्यता तालिम दिएर, ‘इन्टर्नसिप’ दिएर आफ्नो कला संस्कृति विश्वभरि चिनाउने कर्ममा लगाउनु पर्छ । थिमिमा सबै छ तर पर्यटन व्यवस्थापन गर्ने मानव संसाधन ज्यादै न्यून छ । हो, सामान्य जनताले थिमि के हो भन्ने बुझे पुग्छ । गोरखापत्रबाट