• बिहीबार, १३ बैशाख, २०८१
  • ०४:३३:५५

वैशाख महिनाको अन्तिम शनिबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस राशिफल  

  • Netizen Nepal
  • शनिबार, ३१ बैशाख, २०७९- ०६:२८:००/ Saturday 05-14-22

नेटिजन संवाददाता 
काठमाडौँ, ३१ वैशाख। आज मिति वि सं २०७९ साल वैशाख महिनाको ३१ गते शनिबार, तदअनुसार सन् २०२२ मे १४ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तसँगको सहकार्यले लाभ मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । तपाईंलाई आफन्तले कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । धार्मिक कार्यको योग पनि छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट विश्वासघात हुनसक्छ सचेत रहनुहोला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

बोलीको प्रभावकारिता बढ्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनीति कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर शुभ कार्यको योजना बन्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज शुभ कार्यको योग छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो भेटघाट र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।