• शुक्रबार, ७ बैशाख, २०८१
  • ०८:०९:४६

हप्तामा दुई दिन विद्यालय बिदा नदिने भक्तपुर नगरपालिकाको निर्णय 

  • Netizen Nepal
  • आइतबार, १ जेठ, २०७९- १६:५३:००/ Sunday 05-15-22

नेटिजन नेपाल 
काठमाडौँ, १ जेठ । भक्तपुर नगरपालिकाले विद्यालयलाई तत्कालका लागि दुई दिन बिदा नदिने भएको छ ।  नगरपालिकाको शिक्षा शाखाले आइतबार सबै विद्यालयहरूलाई एक परिपत्र गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने निर्णय गरेको हो ।

परिपत्रमा शाखा प्रमुख कृष्ण प्रसाद कर्माचार्यले भन्नुभएको छ, 'जेठ १ गतेदेखि लागू हुने हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भएता पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउनुहुनु अनुरोध छ ।’

सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन परिक्षणका लागि बिदा दिने निर्णय गरेको थियो ।