• शुक्रबार, ७ बैशाख, २०८१
  • ०७:२३:३५

आईपीएल: राजस्थान दोस्रो स्थानमा उक्लियो

  • Netizen Nepal
  • सोमबार, २ जेठ, २०७९- ०७:१२:००/ Monday 05-16-22

नेटिजन संवाददाता 
काठमाडौँ, २ जेठ । लखनउ सुपर जाइन्ट्सलाई २४ रनले पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति राजस्थानले दिएको १७९ रनको लक्ष्य पछ्याएको लखनउ २० ओभरमा ८ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

लखनउका दिपक होडाले सर्वाधिक ५९ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र रोबेड म्याककोयले समान दुई विकेट लिए ।

यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेकव थियो ।  

राजस्थानका लागि याशभी जैसवालले सर्वाधिक ४१ रन बनाए । लखनउका रवी बिश्नोईले २ विकेट लिए ।

जितसँगै राजस्थान १३ खेलमा १६ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । लखनउ १३ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा झर्‍यो ।