बालेनको हारजितमा २८ किलोको खसी बाजी राख्ने २ युवक पक्राउ
- Netizen Nepal
- सोमबार, २ जेठ, २०७९- १६:५३:००/ Monday 05-16-22
नेटिजन संवाददाता
काठमाडौँ, २ जेठ। काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह (बालेन्द्र) को हारजितको विषयलाई लिएर बाजी राखेको आरोपमा प्रहरीले २ युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङको दिक्तेल मझुवागढी नगरपालिका–५ का विजय फुयाल र रमेश खड्का रहेको प्रहरीले जनाएको छ।
उनीहरुले बालेनको हारजीतको बिषयमा लिखित रुपमा २८ किलोको खसी बाजी राखेका थिए।
कानुन विपरीत हारजित हुने गरी सट्टाबाजी राखेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।