• बुधबार, १२ बैशाख, २०८१
  • ०१:०९:२५

कतिमा कारोबार हुँदैछ सुनचाँदी ?-

  • Netizen Nepal
  • मंगलबार, ३ जेठ, २०७९- ११:३३:००/ Tuesday 05-17-22

नेटिजन संवाददाता 
काठमाडौँ, ३ जेठ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपास कारोबार भइरहेको छ ।