• शनिबार, ८ बैशाख, २०८१
  • ०६:१६:३१

पञ्चपुरी नगरपालिकाको प्रमुख र उप प्रमुखमा कांग्रेस विजयी

  • Netizen Nepal
  • मंगलबार, ३ जेठ, २०७९- १९:१८:००/ Tuesday 05-17-22

नेटिजन सम्बाददाता

काठमाडौं, ३ जेठ।  सुर्खेत जिल्लाको  पञ्चपुरी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रसका  लालवीर भण्डारी र  मुक्तिदेवी रेग्मी निर्वाचित भएका  छन् ।  मेयर भण्डारीले ५ हजार ९०९ मत ल्याउँदा  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर थापाले ५११८ मत  प्राप्त गर्नुभएको छ।  उपमेयरमा  कांग्रेसकी मुक्तिदेवी रेग्मीले ५ हजार ६सय ९४ मत ल्याएर जित हात पार्नुभएको छ भने   एमालेकी दुर्गाकुमारी जैसीले ५ हजार १६८ प्राप्त गर्नुभएको छ।  मुक्ति रेग्मी २०७४ को स्थानीय निर्वाचनमा पनि उपमेयरमा निर्वाचित हुनुभएको थियो।  

पञ्चपुरी नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसले  नै  प्रमुख र उप प्रमुख जितेको थियो।  यो नगरपालिकाका ११ वडा मध्ये  दुई वडा एमालेले जितेको छ भने ९ वटा वडा कांग्रेसले जितेको छ।  नगरपालिकामा कांग्रेस एक्लै लडेको थियो।  

वार्ड अध्यक्षहरुमा (क्रमशः वार्डगत): १.कर्णबहादुर थापा मगर(नेकपा एमाले) २.यामबहादुर बि.सि.(ने.का.) ३.बलबहादुर रोकाय (ने.का) ४.रामप्रसाद अधिकारी (नेकपा एमाले) ५.नगेन्द्रबहादुर शाही (ने.का.) ६.नरबहादुर सिजापती(नेकपा माओवादी केन्द्र) ७.खिमबहादुर बयक(ने.का.) ८.दिपक कुमार थापा(ने.का.) ९.पुर्णप्रसाद घिमिरे(ने.का.) १०.हरिप्रसाद ढकाल (ने.का.) ११.धनबहादुर माझी (ने.का.) रहेका छन्।