• शुक्रबार, ७ बैशाख, २०८१
  • ०९:२१:४९

निर्वाचनको दिन संसद भवन अगाडि ‘सिलिन्डर बम’ राखेको आरोपमा चार जना पक्राउ

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- ०६:२६:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता
काठमाडौं, ४ जेठ। जिल्ला प्रहरी परिसर काठमाडौंले बैशाख ३० गते स्थानिय निर्वाचनको दिन नयाँ बानेश्वरस्थित संसद भवन अगाडि ‘सिलिन्डर बम’ राखेको आरोपमा  चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खोटाङ घर भएर बल्खु बस्ने बिके सिंह, करण श्रेष्ठ, राज थापा र हरिकृष्ण थापा छन् ।

उनीहरुले बैशाख ३० गते राती २ बजे सिलिन्डरबाट ग्याँस लिक गराएर मट्टितेल छर्केको कपडामार्फत आगो लगाएर हिँडेको खुलेको थियो । त्यसपछि सिलिन्डर विष्फोट भएको थियो ।

विष्फोटको जिम्मा नेकपा विप्लव समूहबाट चोइटिएको  नेपाल कम्युनिष्ट पार्टी (सिवादी )ले  लिएको थियो ।

घटनामा प्रयोग गरिएको २ वटा स्कुटर, पर्चा र कम्ब्याट ड्रेस समेत प्रहरीले बरामद गरेको छ ।