• शनिबार, ८ बैशाख, २०८१
  • ०२:१४:४५

कामपा –५ मा एमालेको प्यानलै विजयी

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- १२:४७:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता 

काठमाडौँ, ४ जेठ। काठमाडौँ महानगरपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेम थापाको प्यानलै विजय भएको छ ।  उहाँले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेश अधिकारीलाई ६४७ मतले पछि पार्दै उहाँ आफ्नो प्यानलसहित विजय हुनुभएको हो ।

त्यसैगरी सदस्यमा एमालेको तर्फबाट कृष्णराज चालिसे र केशवप्रसाद श्रेष्ठ विजय हुनुभएको छ । महिला सदस्य सीता थापा र दलित महिला सदस्यमा शर्मिला परियार विजय हुनुभएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा  जनप्रतिनिधिको प्यानलै विजय भएका छन् ।

त्यसैगरी प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुख पदका लागि एमालेको उम्मेदवार सुनिता डङ्गोलले आफ्नो अग्रता कायम राख्नुभएको छ ।