देउखुरीको गढवामा गठबन्धनका उम्मेदवार विजयी
- Netizen Nepal
- बुधबार, ४ जेठ, २०७९- १३:२०:००/ Wednesday 05-18-22
नेटिजन संवाददाता
काठमाडौँ, ४ जेठ। देउखुरीको गढवा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल छ हजार ९०९ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सर्वजीत डीसीले ६ हजार १६७ मत ल्याउनुभयो । उपाध्यक्षमा नेपाली कांग्रेसका शारदाकुमारी चौधरीले पाँच हजार ८८१ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सीताकुमारी चौधरीले चार हजार ८३०मत ल्याउनुभयो ।