• शनिबार, ८ बैशाख, २०८१
  • ०२:५०:५४

शरीरमा मौरी पालेर विश्व कीर्तिमानी 

  • Netizen Nepal
  • बिहीबार, २६ जेठ, २०७९- १०:५७:००/ Thursday 06-09-22

नेटिजन संवाददाता 
काठमाडौँ, २६ जेठ। शरीरमा मौरी पालेर एक चिनियाँ युवाले विश्व कीर्तिमानी राखेका छन। उनले आफ्नो शरीरमा छ लाख ३७ हजार मौरी राखेर विश्व कीर्तिमान बनाएका हुन् ।

रुआन लियाङमिङ नामका युवाले आफ्नो शरीरमा ६३ दशमलब ७ केजी मौरी राखेर गिनिज बुक अफ वल्र्डमा नाम लेखाएका छन । उनले सर्वप्रथम एउटा रानी मौरीलाई आफ्नो शरीरमा राखेका थिए । त्यसपछि सबै मौरीहरु रानीलाई खोज्दै उनको शरीरमा आएर बस्न थाले । रुआनको शरीरमा ६० वटा रानी मौरी बसेका थिए ।

उनले ‘मौरीको सबैभन्दा भारी आवरण’ को कीर्तिमान रचेका छन् । गिनिज बुुक अफ वल्र्ड रेकर्डका अनुसार यसरी शरीरमा लाखौं मौरी बसाल्ने कलालाई बी बर्डिङ भनिन्छ, जुन कला १९औँ शताब्दीदेखि नै प्रचलित छ ।

उनको यो तस्बिर सामाजिक सञ्जालमा बनेको छ ।