• मंगलबार, ४ बैशाख, २०८१
  • ०४:१९:०३

रवि लामिछानेले खोले नयाँ पार्टी, व्यापारीबाट चन्दा नलिने घोषणा  

  • Netizen Nepal
  • मंगलबार, ७ असार, २०७९- १३:५५:००/ Tuesday 06-21-22

नेटिजन संवाददाता 
काठमाडौँ, ७ असार। सक्रिय पत्रकारिता छोडेर राजनीतिमा होमिएका संचारकर्मी रवि लामिछानेले नयाँ पार्टी खोल्नुभएको छ।  मंगलबार राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गर्नुभएको हो। 

उहाँले आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको छ।  नेपाली कांग्रेसले पनि उहाँलाई आफ्नो पार्टीमा आउन पटक पटक प्रस्ताव राखेको थियो। उहाँले उद्योगी व्यवसायीसँग कहिल्यै पनि चन्दा नलिने  र  व्यक्तिबाट केहि चन्दा लिएर मात्र पार्टी सञ्चालन गर्ने बताउँनुभयो।   खर्च र आम्दानीको पारदर्शी रुपमा सार्वजनिक गर्ने  भन्दै उहाले  ठूला व्यवसायीले पार्टीलाई कहिल्यै पनि चन्दा दिन नपर्ने   घोषणा गर्नुभएको छ ।