• मंगलबार, ११ बैशाख, २०८१
  • ०९:५५:३७

पर्यटनमन्त्री आलेद्वारा राजीनामा 

  • Netizen Nepal
  • आइतबार, १२ असार, २०७९- १६:०२:००/ Sunday 06-26-22

नेटिजन संवाददाता 
काठमाडौँ, १२ असार। नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिनुभएको छ। उहाँले आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाउनु भएको हो।

आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद् हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए। तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए।

एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम र कृष्णकुमार   श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।